site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको विकासमा यी हुन् सहरी विकासमन्त्री सिंहले देखेका समस्या 

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालले प्राकृतिक घटना मात्र नभएर विकासका अभ्यासबाट पनि समस्या झेलिरहेको बताएका छन् ।

दिगो पूर्वाधारका निम्ति जियोटेक्निक्स सम्मेलनको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै उनले नेपालमा प्राकृतिक घटना मात्र नभएर अव्यवस्थित सहरीकरण, नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचना र अपर्याप्त डिजाइन मापदण्डसहित निर्माण प्रविधिको समस्यामा रहेको बताए ।

“नेपालमा भूकम्प, बाढीपहिरोले कति धेरै असर पारेको छ, जलवायु परिवर्तन र ग्लोबल वार्मिङले पनि पछिल्लो समय देशमा धेरै परिवर्तन गरेको छ,” सिंहले भने, “नेपाल प्राकृतिक घटनाहरू मात्र नभई पछिल्लो समय अव्यवस्थित सहरीकरण, नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि पीडित हुनुपरेको छ ।”

उनले यो अन्तर्राष्ट्रिय सम्मेलनले अभ्यास गर्ने भू–प्राविधिक इन्जिनियरहरू र भू–वैज्ञानिकहरूलाई विश्व प्रविधि, दिगो विकासबारे जान्नका निम्ति उपयुक्त मञ्च प्रदान गर्ने विश्वास व्यक्त गरे ।

जियोटेक्निक्स सम्मेलनमा २५ भन्दा बढी मुलुकका १५० भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतिनिधि र ३०० भन्दा बढी सहभागी छन् । सम्मेलनमा ९० भन्दा धेरै प्राविधिक कार्यपत्र प्रस्तुत गरिने आयोजक नेपाल जियोटेक्निलकल सोसाइटीका अध्यक्ष मन्दीप सुवेदीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro