site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । असुरक्षाको कारण देखाउँदै चीनियाँ ठकेदारले रसुवागढी जलविद्युत आयोजनाको काम बन्द गरेपछि यसलाई सुचारु गर्न वार्ता जारी रहेको छ ।
वर्षातका कारण लगातार पहिरो र ढुङा खस्ने क्रम नरोकिएपछि ठेकेदार सिभिल ठेकेदार चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशन (सीडब्ल्यूई) ले सुरक्षाको कारण देखाउँदै साउन २६ देखि काम पूर्ण रुपमा बन्द गरेपछि काम सुरु गराउन प्रवद्र्धक रसुवागढी हाइड्रोपावर लिमिटेडले उसँग वार्ता थालेको हो । 
ठेकेदारसँग जारी वार्ता सकरात्मक रुपमा अघि बढीरहेकाले केही दिनभित्र आयोजनाको काम सुचारु गर्ने समझदारी हुने रसुवागढीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए । हाल आयोजना अघि बढाउने विषयमा ठेकदार सीडब्ल्यूईले केही गम्भीर कुरा उठाइएको बताउँदै उनले भने “यसलाई सम्बोधन गरेर अघि बढ्ने गरी वार्ता जारी छ ।” 
भूकम्प र नाकावन्दीले आयोजनाको काम १ वर्षभन्दा बढी ठप्प भएपछि यसको असर आयोजनामा परेको छ । आगामी भदौमा आयोजनको काम सक्ने लक्ष्य लिएकोमा सन् २०१९ को मध्यमा सम्पन्न हुने संभावना बढेको कोइरालाको भनाइ छ । यद्यपी आयोजनाले म्याद थप भने गरेको छैन् । 
भूकम्प र नाकावन्दीले समय थप्न र नेपाली रुपैयाँ डलरसँग अवमूल्यन भएपछि आयोजनाको लागत १५ प्रतिशतससम्म बढ्ने संभावना छ । भूकम्पले भएको क्षतिको पूर्ति विमाले गर्ने भएपनि नाकावन्दीको असरको क्षतिपूर्ति आयोजनाले तिर्नुपर्ने उनको भनाइ छ । आयोजना सुरु हुँदा १ डलर बराबर ८० रुपैयाँ रहेकोमा अहिले नेपाली रुपैयाँ अवमूल्यन भएर १०७ पुगिसकेको छ । कोइरालाका अनुसार आयोजनाको काम ३० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको कुल लागतको ७० प्रतिशत डलर र ३० प्रतिशत मात्र रुपैयाँमा भुक्तानी हुनेछ । 
निर्माण अवधिको व्याज (आईडीसी) बाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । यो दर १ अमेरिकी डलर बराबर ८० रुपैयाँ हुँदाको हो । डलर बलियो भएकाले आयोजनाको लागतमा फरक पर्ने अवस्था छ । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख युनिट बिजुली उत्पादन हुनेछ । 
रसुवागढीमा चिलिमे हाइड्रोपावर लिमिटेडको ३३,  नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीबासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी र विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी साढे ३ पतिशत र संचय कर्ताको साढे १९ प्रतिशतको लगानी संरचना बनेको छ । प्रवद्र्धकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी सेयर संरचना तयार गरिएको छ । 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro