site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्वीटरमा भारतीय राष्ट्रपति भ्रमणको तीव्र विरोध
SkywellSkywell
काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपालको भ्रमणको तीव्र विरोध भइरहेको छ । राष्ट्रपति मुखर्जी तीनदिने भ्रमणका क्रममा आज नेपाल आएका छन् । 
सरकारले यस भ्रमणको सम्मानमा आज सम्पूर्ण सरकारी कार्यालय बन्द राखेको छ । यो भ्रमण नेपालका लागि ठूलो महत्वको रहेको वक्तत्व समेत नेपालका परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले दिएका छन् । साथै प्रधानमन्त्री पुष्प कमल दाहालले पनि भ्रमणको विरोध नगर्न पत्रकारका सामू अनुरोध समेत गरेका थिए । तर सामाजिक संजालमा धेरैले नेपालीले भ्रमणको विरोध गरेका छन् र अधिकांशले नेपालमाथि गतवर्ष भारतले यहि समयमा (असोजको शुरु देखि फागुन ७ सम्म) लगाएको पाँच महिने नाकाबन्दीका कारण रोष प्रकट गरेको देखिन्छ । 
नेपाली ट्वीटर प्रयोगकर्ताहरूले ह्यास ट्याग #IndianPresidentNotWelcome प्रयोग गरी मुखर्जीको तीन दिने नेपाल भ्रमणको विरोध जनाएका हुन् । बाह्र बजेसम्ममा  उक्त ह्यास ट्यागमा करिब दश हजार ट्वीट भइसकेको छ । त्यस्तै उक्त ह्यास ट्याग आज एसियामा पहिलो नम्बरमा पुगेको छ । गत वर्षको नाकाबन्दीले चहर्‍याएको घाउमाथी नुनचुक छर्कने गरी सरकारले मुखर्जीको स्वागतमा बुधबार सार्वजनिक विदासमेत दिनु उपयुक्त नभएको आशय ट्वीटमा व्यक्त गरिएको छ । 
 
ट्वीटरमा जंगी निशानी लेख्छन्– भारतले लगाएको अघोषित नाकाबन्दीलाई धन्यबाद दिन नेपालले आफ्नै जनतालाई अघोषित रूपमा आज कर्फ्यू लगाएर सलामी चढायो ।
त्यस्तै प्रदीप भट्टराई ट्वीट गर्छन्– अस्पतालमा अक्सिजन, घरमा ग्यास, एम्बुलेन्समा तेल थिएन, खाली नाकाबन्दीमात्र थियो, कसरी स्वागत गर्ने मुखर्जी तिमीलाई ?
त्यस्तै प्रकाश गुरागाइँले ट्वीट गरेका छन्– बैकल्पिक सडक होइन, आउनुस् बैकल्पिक राजनीतिक मार्ग खोजौं । अबको चुनावमा ठूला दललाई पाठ पढाउँ ।
गत वर्ष पनि  #GoHomeIndianMedia, #BackOffIndia , #DonateOiltoIndianEmbassy, #ModiHimalayanBlunder , #NepalChokedByIndia जस्ता ह्यास ट्यागहरू बल्र्डवाइड ट्रेण्डिङ भएको थियो । 
 
भारतीय राष्ट्रपति मुखर्जी साढे बाह्र बजे नेपाल अवतरण भएका हुन् भने मुखर्जीको स्वागतार्थ सवारी चल्न नदिँदा उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । 
 
केही धेरै रिट्विट भएका टुइटः

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro