विदेश
काठमाडौं । जपानमा आजभोली एक कुखुराको भाले निक्कै लोकप्रिय भएको छ । जापानको ओसाकाको एक चिडियाखानामा राखिएको उक्त भाले सेलिब्रिटी जस्तो बन्न पुगेको छ । उक्त भालेले धेरै पर्यटकलाई तान्न सफल भएको बीबीसीले जनाएको छ ।
तीनपटक मृत्युलाई जितेको मसहिरो नामक उक्त भालेलाई भाग्यमानी चराको उपनाम दिइएको छ । जपानको क्योदो समाचार संस्थाका अनुसार उक्त भालेलाई गत महिना मार्नाथ ट्राफिक प्रमुख पनि बनाइएको थियो ।
उक्त भाले टेनोजी चिडियाघरमा रहेको एक स्तनधारी जन्तु र्याकुनको आहाराको रुपमा ल्याइएको थियो । तर माउ नभएका हाँसको चल्लालाई हुर्काउन केही समय बचाइएको थियो । केही महिना पछि फेरी चिडियाखानामा रहेका चराचुरुङीलाई आक्रमण गर्ने जंगली लोखर्केलाई आकर्षित गरेर समात्न चारोको रुपमा राखियो । जब उक्त जंगली लोखर्के चिडियाखानामा आउन छाड्यो त्यसपछि उक्त भालेमा बाघ र सिंहको आहारा बनाउन संकेत चिन्ह लगाइयो । तर, उक्त भालेकाे मर्ने पालो कहिल्यै आएन ।
जब तीन पटकसम्म उसले आफ्ना काललाई छल्यो तब उक्त चिडियाखानाका कर्मचारीले उक्त भालेमा एक बिशेष गुण भएको भन्दै आहाराको सूचीबाट हटायो । त्यतिबेला देखि मसहिरोले त्यहाँ आउने धेरै पर्यटकलाई तान्न सफल भएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३ १२:२०
प्रतिक्रिया दिनुहोस्