विशेष
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकै रहेको इम्जा हिम तालको पानी नेपाली सेनाले कटाएको छ । समुन्द्री सतहबाट पाँचहजार मिटर उचामा रहेको उक्त हिम तालमा पानी अब सुरक्षीत तहमा आएको बताइएको छ ।
यसमा पानिको भार अत्यधिक भएर उक्तताल फुटेर तल रहेका मानव बस्ती बगाउने खतरा रहेको थियो ।
नेपाली सेनाका अधिकारीका अनुसार १४९ मिटर गहिरो उक्त तालमा केही महिना लगाएर पानी घटाएपछि ३.४ मिटर पानीको सतह घटेको बीबीसी लागि नेपाली पत्रकार नविन सिंह खड्का लेख्छन् ।
यो ताल हिमालय क्षेत्रमा भएका हजारौं तालहरुमध्येको एक हो । विश्वको तापमान बढेर हिउ पग्लिने क्रम पछिल्ला वर्षमा बढेका कारण यस्ता ताल भरिएर बाढी आउने जोखिम बढेको छ ।
नेपाली सेना र स्थानीय शेर्पाको संयुक्त प्रयासमा ६ महिना लगाएर पानी जाने आउटलेट निर्माण गरिएको छ । यसबाट निरन्तर पानी कटाएर ताललाई सुरक्षीत बनाउने ठूलो मध्येको एक आयोजना भएको नेपाली सेनाले बताएको छ ।
पानी निकाल्ने आउटलेट निर्माण गरेपछि चार क्युबिक मिटर पानी दुई महिनाको अवधीमा निकालिएको बताइएको छ ।
जलविज्ञान तथा मौसम विभाग अन्तर्गतको यो आयोजनाका ब्यवस्थापक तोप खत्रीका अनुसार यो एक पाइलट आयोजना भएको र यो कार्यलाई हिमतालहरुमा पनि प्रयोग गरिने योजना छ ।
उच्च अल्टिच्युड र हिंउ पर्ने स्थानमा काम गर्न अप्ठ्यारो हुने हुँदा यो आयोजना एक दमै चुनौतिपूर्ण रहेको खत्रीले बताए ।
यो आयोजना नेपालको जलबायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्ने अभिानमा सहयोग गर्न संयुक्त राष्ट्रसंघद्वारा संचालित बताइएको छ । यसका लागि संयुक्त राष्ट्रसंघबाट तीन मिलियन डलर सहयोग प्राप्त भएको छ । यसमा पूर्व चेतावनी प्रणाली समेत जडान गरिएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७३ १०:१६
प्रतिक्रिया दिनुहोस्