साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाईं नभन्नु ल–४’ युट्युव च्यानलमा अपलोड भएको एक दिन नपुग्दै ४ लाख भन्दा धेरै पटक सर्च गरिएको छ ।
‘नाईं नभन्नु ल–४’ आइतबार युट्युव च्यानलमा अपलोड गरिएको थियो । सोमबार बिहानसम्म युट्युवमा यो चलचित्र सवा चार लाखपटक सर्च गरिएको छ । दर्शकलाई तिहारको उपहार भन्दै निर्देशक विकास आचार्यले लक्ष्मी पूजाको दिन चलचित्र युट्युवमा अपलोड गरेका हुन् ।
निर्देशक आचार्यले आफ्नो फेसबुकमा स्टास लेख्दै भनेका छन्,– ‘नाईं नभन्नु ल–४’ लाई २४ घण्टा नपुग्दै चार लाखभन्दा बढीले हेरेर मन पराइदिनु भएकोमा धन्यवाद दिन चहान्छौं । तपाईंहरुको तिहार रमाइलो होस्, शुभ होस् ।
अघिल्लो वर्षको चैत महिनाको अन्तिम साता रिलिज गरिएको चलचित्रले हलमासमेत राम्रो व्यापार गरेको थियो । प्रियंका कार्की, पल शाह, वर्षा राउत, आँचल शर्मा, अनुभव रेग्मी लगायतका कलाकारले अभिनय गरेको चलचित्रलाई विकास आचार्य आफैले निर्देशन गरेका थिए । चलचित्रमा दिनेश पोखरेल र हरिबोल भण्डारीले लगानी गरेका थिए । प्रेम नै मुख्य विषय रहेको चलचित्र ‘नाईं नभन्नु ल–४’ का अधिकांश गीत लोकप्रिय छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७३ ०८:५८
प्रतिक्रिया दिनुहोस्