विशेष
गिरान्चौर, सिन्धुपाल्चोक । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएका ६५ घर र एउटा सामुदायिक भवन आज समुदायलाई हस्तान्तरण गरिँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आजै भूकम्प पीडितलाई घरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले करिब ६ महिनामा बस्ती निर्माण गरेका हुन् । धुर्मुस–सुन्तली फाउन्डेसनले चन्द्र सूर्य अंकित नेपाली झण्डामा प्रयोग भएको रातो, सेतो र निलो रंगले सजाइएको सामुदायिक भवनसहित ६५ वटा घर समुदायलाई हस्तान्तरण गर्न लागिएको हो । राष्ट्रपति विद्या भण्डारी, महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले तीनवटा ब्लकमा रहेका भवनहरु हस्तान्तरण गर्ने योजना छ ।
मेचम्ची नगरपालिका ८ गिरानचौरमा ठडिएका घरमा सोलार जडान गरिएको छ भने चिल्ड्रेन पार्क, पार्किङ, सार्वजनिक धारा, शौचालय र फलफूल बगैंचा पनि बनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३ ०९:३८
प्रतिक्रिया दिनुहोस्