site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोषले वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्–श्रीमती र छोराछोरीको उपचार खर्च पनि व्यहोर्ने 

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरूले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । 

मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित समारोमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सो कुरा जानकारी गराएका हुन् । उनले यसअघि वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान्–श्रीमती र १८ वर्ष नकटेका उनीहरूका छोराछोरीहरूका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिए । 

"पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा हाल उनीहरूका श्रीमान्, श्रीमती र १८ वर्ष नकटेकाका छोराछोरीहरूको समेत उपचार थप गरिएको छ," उनले भने ।  

उनले कोषमा सोमबारसम्म औपचारिक क्षेत्रका १९ हजार ७६७ रोजगारदाता र पाँच लाख ४३ हजार ३८८ श्रमिक आवद्ध भएको जानकारी गराए । हालसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबीबापत कोषले ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको बताए । 

कोषको दायरा विस्तार गर्न केन्द्रीय कार्यालयका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको समेत जानकारी दिए । यही आर्थिक वर्षभित्र कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना गर्ने योजना रहेको बताउँदै सात वटै प्रदेशमा कोषको भौतिक उपस्थिति सुनिश्चित गर्ने उनको भनाइ छ । 

उनले कोषमा हालसम्म अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालको संख्या ९० रहेको बताए । कोषका सम्पूर्ण सेवाहरूलाई अनलाइन प्रक्रियामा लैजाने प्रक्रिया अन्तिम चरणमा रहेको पनि उल्लेख गरे । 

कोषले सञ्चालन गरेका औषधिउपचार तथा मातृत्व योजनामा तीन लाख ७४ हजार एक सय वटा दाबीबापत एक अर्ब ४८ करोड १९ लाख आठ हजार, दुर्घटना तथा अशक्त सुरक्षा योजनामा सात हजार ११७ वटा दाबीबापत १५ करोड २० लाख योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको छ ।

त्यस्तै, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ५८७ श्रमिकका परिवारलाई १८ करोड ५४ लाख र वृद्धा अवस्था सुरक्षा योजनाअन्तर्गत ९ अर्ब ८० करोड गरी ११ अर्ब ६२ करोड रुपैयाँ भुक्तानी गरिएको कोषले जनाएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro