site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
‘डिश होम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का उत्कृष्ट २५ कथाकारको नाम सार्वजनिक 

काठमाडौं । छैटौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता—२०८१’का लागि प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाहरू चयन भएको छ । 

बाह्रखरी कथा लेखन प्रतियोगिता २०८१ को मूल निर्णायक समूहका संयोजक साहित्यकार/समालोचक प्रा.डा. ज्ञानू पाण्डे तथा सदस्यहरू साहित्यकार डा. गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सम्मिलित टोलीले उत्कृष्ट २५ कथा चयन गरेको हो ।

यस वर्षका उत्कृष्ट २५ मा पर्न सफल कथाका कथाकारहरूमा अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित के.सी., दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक छन् । 

Argakhachi Cement Island Ad

त्यस्तै मिरमा, रमेशजङ्ग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदिप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा. हिमलाल श्रेष्ठ रहेका छन् । 

डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिताको छैटौँ संस्करणका लागि गत भदौ ३१ गते कथा आह्वान गरिएकोमा देश÷विदेशबाट ९३७ कथा प्राप्त भएका थिए । प्राप्त कथामध्येबाट आन्तरिक निर्णायक समूहले ५२ वटा कथा छनोट गरी प्रा.डा. पाण्डेको संयोजकत्वमा गठित मूल निर्णायक समूहलाई उत्कृष्ट २५ चयनका लागि उपलब्ध गराएको थियो ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन पहिलो, दोस्रो र तेस्रो हुने कथाका कथाकारलाई क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

उत्कृष्ट २५ भित्रका बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।

यस वर्षको प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय कथाको नतिजासहित कथाकृति ‘उत्कृष्ट कथा २०८१’ यही मंसिर १६ गते काठमाडौंमा आयोजना गरिने विशेष समारोहबीच सार्वजनिक गरिनेछ ।

यस वर्ष पनि कथा प्रतियोगिताको टाइटल स्पोन्सर डिश होम (डिश मिडिया नेटवर्क लि.)ले गरेको छ भने प्रकाशन पार्टनर फाइन प्रिन्ट रहेको छ । 

यस वर्ष प्रतियोगिताका अन्य सहयोगी संस्थाहरूमा नेपाल टेलिकम, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, एनएमबी बैंक लिमिटेड तथा कृषि विकास बैंक लिमिटेड रहेका छन् । त्यस्तै प्रतियोगिताको एयरलाइन्स पार्टनर यती एयरलाइन्स तथा हिमालय एयरलाइन्स रहेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्