site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पीडा भुलाउने प्रयासमा नेपाली क्रिकेट टोली
SkywellSkywell

काठमाडौं । नेपाली क्रिकेट टोली मलेसियामा एसिया कप छनोट प्रतियोगिता खेलेर फर्किएको एक महिना पनि बितेको छैन । एसिया कपमा छनोट हुने उच्च आकांक्षाका साथ मलेसिया पुगेको नेपाली टोली घर फर्किंदा त्यति नै धेरै निराश भएर फर्किएको थियो । 

प्रतियोगिता जित्दै एसिया कपमा भारत र पाकिस्तानजस्तो बलियो टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने सपना चकनाचुर हुँदा नेपाली खेलाडी दुःखी हुनु स्वाभाविक थियो । त्यो पीडा टोली स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा कप्तान पारस खड्काले दिएको अभिव्यक्तिमा पनि देखिन्थ्यो । नेपाली टोली अर्को साता पुनः मलेसिया जाँदैछ, ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताका लागि । जहाँ टोली एक महिनाअघिको पीडा भुलाउने प्रयासमा हुनेछ ।

\"\"

KFC Island Ad
NIC Asia

“हाम्रो लागि त्यो कालो दिन हो । पक्कै पनि हाम्रो मनमा पीडा त छ,” एसिया कप छनोट प्रतियोगिता सम्झँदै नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले भने, “त्यो कुरालाई हामी बिर्सने प्रयासमा छौं । मनमा इख छ, हामी पुनः गरेर देखाउँछौं ।”

\"\"

Royal Enfield Island Ad

ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत पूर्व क्षेत्रको सात टोलीले असोज १७ गतेबाट २६ गतेसम्म प्रतिस्पर्धा गर्नेछ । यस प्रतियोगितामा एसिया कप छनोट प्रतियोगिता जस्तो कठिन प्रतिद्वन्द्वी छैन, तुलनात्मक रुपमा । नेपालले आयोजक मलेसिया, सिंगापुर, चीन, भुटान, म्यानमार र थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविन लिगका आधरमा हुने यस प्रतियोगिताको शीर्ष तीन टोलीले अर्को चरणमा स्थान बनाउनेछन् । कुवेतमा भएको पश्चिमी क्षेत्रको छनोट प्रतियोगितामा कुवेत, कतार, यनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, माल्दिभ्स र साउदी अरेविया छन् । जहाँबाट आयोजकका रुपमा कुवेत, युएई र कतार छनोट भइसकेका छन् ।

\"\"

अघिल्लो चरण पुग्नेमा आफू विश्वस्त भए पनि प्रशिक्षक टमाटाले प्रतिद्वन्द्वीलाई कमजोर नआँक्ने बताए । “को बलियो को कमजोर भन्दा हामीले आफ्नो क्षमताअनुसरको क्रिकेट खेल्ने हो । अघिल्लो चरण पुग्नका लागि हामी खेल्ने हो,” तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी भएका कारण नयाँ खेलाडीलाई मौका दिने हो कि भन्ने प्रश्नमा प्रशिक्षक टमाटाले भने, “हामीसँग नयाँ खेलाडी नै कहाँ छन् र ? २३–२४ जना खेलाडी लिएर बन्द प्रशिक्षण शुरु गरेका छौं । हाम्रो टिममा एउटा फर्म्याट छ, त्यसअनुसार खेल्ने हो । नयाँबारे केही भन्न सकिँदैन । १४ जनाको स्क्वाड हुन्छ । ट्वान्टी–२० फर्म्याट हो । एक दुई नयाँ अनुहार आउन पनि सक्छन् ।”

\"\"

नेदरल्यान्डविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दा आंैलामा चोट लागेका शरद भेषावकर चोटमुक्त भएर प्रशिक्षणमा फर्किएका छन् । उनको आगमनबाट पनि टोली उत्हासित छ । “शरदले मिहिनेत गरिरहेका छन् । चोटका कारण बीचमा केही खेल गुमाए । तर, यसबीचमा उनले राम्रो क्रिकेट खेलिरहेका छन् । ट्वान्टी–२० मा उनले आफूलाई राम्रो फिनिसरको रुपमा स्थापित गरेका छन् । अहिले पनि राम्रो छ,” प्रशिक्षक टमाटाले भने ।

\"\"

एसिया कप छनोटका लागि मलेसिया गए पनि बेन्चमा बसेर फर्किएका विनोद भण्डारी यसपटक ११ जनाभित्र पर्न सक्छन् । लामो समयपछि पुनरागमन गरे पनि राम्रो प्रदर्शन गर्न नसकेका सुवास खकुरेलले भने स्थान पाउने सम्भावना कम छ । 

उपलब्ध खेलाडीलाई २ टिम बनाएर खेलिरहेको नेपाली टोली यहाँको बन्द प्रशिक्षणपछि सिधै मलेसिया जानेछ । प्रतियोगिता अघि नेपाली टोलीले कुनै अभ्यास खेल नखेल्ने प्रशिक्षक टमाटाले बताए । नेपालीले पाँच खेल बायोमास ओभलमा खेल्नेछ भने एक खेल किन्नरा एकेडेमी ओभलमा खेल्नेछ ।

\"\"
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro