site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
महिला खुला गल्फ प्रतियोगिता शनिबार

काठमाडौं । दोस्रो संस्करणको महिला खुला गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । स्टेबलफोर्ड फर्म्याटमा हुने प्रतियोगितामा कुल ६२ महिला गल्फ खेलाडीहरूले भाग लिने भएका हुन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा खेलाडीहरूले कुल स्पर्धा महिला ओपन, सिनियर, सुपर सिनियर र यु–१९ प्रतिस्पर्धा हुने जानकारी दिइएको हो । प्रतियोगिताको महिला ओपनतर्फको विजेताले इलेक्ट्रिक स्कुटर तथा अर्शिया बुटिकको तर्फबाट गिफ्ट भौचर प्रदान गरिनेछ । अन्य विधाका विजेता तथा उपविजेताहरूलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने बताइएको छ ।

अन्य पुरस्कारहरूमा क्लोजेस्ट–टु–द–पिन, लंगेस्ट ड्राइभ, मोस्ट बर्डीज, स्ट्रेटेस्ट ड्राइभ, बेस्ट फ्रन्ट नाइन, बेस्ट ब्याक नाइन, बेस्ट स्पोट्र्सम्यानसिप, र लक्की विनर पनि रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  २२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro