खेल

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत शनिबार (चैत ३०) भएको झापा एफसी र पोखरा थन्डर्सबीचकोे खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टिमले एक/एक गोल गर्दै अंक बाँडेका हुन् ।
खेलको ५२औँ मिनेटमा पोखरा थन्डर्सका स्टिफन समीर बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६५औँ मिनेटमा झापाका लाजार आर्सिकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । त्यसपछि दुवै टिमबाट कुनै गोल भएन ।
झापाको यो लगातार चौथो बराबरी खेल होे । पाँच खेल खेलेको पोखरा पाँच अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएकोे छ । झापा चार खेलबाट चार अंक बटुल्दै छैटौँ स्थानमा छ । रासस
प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१ १८:२०
प्रतिक्रिया दिनुहोस्