site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजतन्त्र ढलेको कथा 
SkywellSkywell

काठमाडौं । कुनै कालखण्डमा महिलाका सपना, अधिकार, स्वतन्त्रता र विवेकलाई कसरी चार पर्खालभित्र कैद गरिन्थ्यो ? शासक, उसका मतियार र आसेपासेले कसरी कुसंस्कार जन्माए र त्यसलाई हुर्काए ? अनि त्यो कुसंस्कारविरुद्ध कसरी भूमिहीन निमुखाहरु आवाज मुखरित गर्छन् ? यसकै सेरोफेरोमा घुम्ने नाटक हो, ‘जालिनी’ ।

नाटकले आफ्नो शासन सत्ता डग्ने भयले शासक आफ्नै सन्तानलाई कसरी बन्द पर्खालभित्र कैद गर्न तयार हुन्छन् भन्ने स्पष्ट देखाएको छ । आफूभन्दा छोरी (राजकुमारी) शक्तिशाली बन्न सक्ने ज्योतिषीको भनाइ र उनीहरुको सल्लाह मान्ने महत्वाकांक्षी राजाको दरबारको कथा हो, ‘जालिनी’ । ध्रुवसत्य परियारको कथा संग्रह ‘कैरन’ भित्रको लोक कथा ‘जालिनी’ शक्ति आर्जनमा पारिवारिक खेलको कथा हो ।  

राजकुमारीले आफ्नो जीवनकालमा सबैभन्दा पहिला जसको चित्र बनाउँछे, उही नै राज्यको शक्तिशाली व्यक्ति हुन्छ भन्ने ज्योतिषमण्डलको सल्लाहअनुसार राजाले राजकुमारीलाई कुनै पनि पुरुषको अनुहार हेर्न नदिने व्यवस्था मिलाउँछन् । 

KFC Island Ad
NIC Asia

कुनै पनि परपुरुषको अनुहार नदेखाउने प्रपञ्चमा उनले राजकुमारीका लागि छुट्टै दरबार बनाउने घोषणा गर्छन् । उक्त ‘जालिनी’ दरबार निर्माणका लागि प्रत्येक घरधुरीबाट आर्थिक तथा श्रमदान गर्न दरबारले उर्दी जारी गर्छ । त्यही ‘जालिनी’ दरबार निर्माणका लागि जनतामा गरिएको उर्दी नै कसरी आफ्नो दरबारप्रतिको जनताको असन्तुष्टिको कारण बन्छ भन्ने नाटकले वर्णन गर्छ । 

नाटकको नाम सुन्दा ‘जालिनी’ अर्थात् राजकुमारी मुख्य पात्र होलिन् जस्तो लाग्छ, तर होइन । शासन सत्ताको बागडोर सम्हाल्ने राजा मुख्य पात्र होलान् जस्तो लाग्छ । तर, राजा पनि नाटकका मुख्य पात्र होइनन् । नाटककी मुख्य पात्र जलजला हुन् र अभिनयका दृष्टिले पनि जलजला नै नाटककी केन्द्रीय पात्र हुन् ।

Royal Enfield Island Ad

निर्देशनका हिसाबले दयाहाङ राईले नाटकलाई न्याय गरेका छन् । कथालाई नाटकमा ढाल्ने कठिन कार्यमा उनले निकै मेहनत गरेको देखिन्छ । नाटकमा निर्देशकीय पक्षलाई अब्बल नै मान्न सकिन्छ । विद्रोहको मुख खोल्ने पात्र र उनको भूमिकामा खोट लगाउन सकिँदैन । नाटकमा राजाको भूमिकामा भने शारीरिक र अभिव्यक्तिका हिसाबले निर्देशक कलाकार छनोटमा चुकेका छन् । अन्य कलाकार ठिकठाक लाग्छन् । 

पृष्ठभूमिमा बज्ने संगीतमा पनि दर्शकले चित्त बुझाउँछन् । नाटकमा ठाउँ–ठाउँमा सस्पेन्स छ । त्यसले दर्शकलाई थप मनोरञ्जन दिन्छ । तर कथाले शुरुमा बाटो समाउँदा दर्शकले गरेको अनुमान अनुसार नै कथाको अन्त्य हुन्छ । कथालाई नाटकमा ढालिएको हो । त्यसैले यसमा निर्देशकसामु आफ्नै बाध्यता निश्चय नै थियो होला । तर लोक कथा भएकाले त्यसमा केही ‘ट्विस्ट एन्ड टर्न’ गरिएको भए अझ नाटक हेर्ने दर्शकलाई रमाइलो हुने थियो । नाटकको स्रोत कथामै सीमित हुँदाका निर्देशकको विवशता नाटकमा देखिन्छ ।

र पनि नाटकले कुसंस्कार र सपनाका बाधकहरु विरुद्ध गरेको विद्रोहलाई देखाएको छ । शक्ति केन्द्रहरु कसरी गलत सल्लाहमा आफ्नो विरासत बिसाउने अवस्थामा पुग्छन् भन्ने यर्थाथलाई नाटकले सुन्दर ढङ्गले चित्रण गरेको छ । 

जन्मदै खेप्दै आएको शासनसत्ताको दासत्व र आफूलाई शक्ति सम्पन्न बनाइराख्न जात, धर्म, वर्ण र लिङ्गलाई वर्गीकृत गरेर कसरी शासकले आफूलाई टिकाउने प्रयास गर्थे भन्ने जान्न खोज्नेहरुलाई नाटक सार्थक छ । 

अनामनगरस्थित मण्डला थिएटरमा नाटक ‘जालिनी’ असोज २१ गतेसम्म चल्नेछ । 

\"\"

 

\"\"
 

\"\"

तस्बिरहरू : सरिता खड्का
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०७५  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro