site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिमानको बयान : पत्र होसमै लेखेको हुँ, सजाय भोग्न तयार छु 

काठमाडौं । सर्वोच्च अदालतका अधिकृत महिमान सिंह विष्टले आफूले रेशम चौधरीलाई पक्राउ गर्नू भनी लेखेको पत्र ‘होस’ मै लेखेको बयान दिएका छन् । हिरासतमा रहेका विष्टले प्रहरीसँगको प्रारम्भिक बयानमा यस्तो बताएका हुन् ।

सर्वोच्चका अधिकृतसमेत रहेका विष्टले चौधरीलाई पक्राउ गर्नू भनी लेखेको पत्र आधिकारिक नभएको पाइएपछि विष्टलाई नै पक्राउ गरिएको थियो । प्रहरी हिरासतमा रहेका विष्टले आफूले होसमै लेखेको र राष्ट्रपतिबाट आममाफी दिनु गलत भएको प्रारम्भिक बयान दिएका छन् ।

विष्ट आफैँले पत्र लेखेर सर्वोच्चका प्रहरीको सहयोगमा कारागार पुगेको बताएको प्रहरीले जनाएको छ ।

“म आफैं पत्र लेखेको हुँ, पत्र मैले होसमै लेखेको हुँ । जे सजाय भोग्न पनि तयार छु,” विष्टको भनाइ उद्धृत गर्दै परिसर स्रोतले भन्यो, “उनलाई दिइएको कैद मिनाहा नै गलत छ । पूर्णपाठ नआई आममाफी दिइयो । यसरी दिन मिल्दैन । मैले त्यसैको झोँकमा पत्र लेखेको हुँ । पत्र लिएर कारागारमा बुझाउन पनि म आफैँ गएको हुँ ।”

उनले सर्वोच्चमा खटिएका प्रहरीलाई सहयोग मागेर आफू कारागार पुगेको प्रारम्भिक बयानमा उल्लेख गरेको स्रोतले जानकारी दियो । उनलाई के कारबाही गर्ने भन्ने विषयमा आन्तरिक छलफल भएको प्रहरीले जनाएको छ ।

“मैले प्रहरीलाई मलाई थप सहयोग चाहियो भनेँ, प्रहरीको मद्दत लिएर पत्र लिएर गएको हुँ,” उनको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro