site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार–शिक्षक वार्ता सकारात्मक, आन्दोलन रोकिने

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच बुधबारको वार्ता सकारात्मक भएको छ । बैठकमा शिक्षक आन्दोलन रोक्ने सहमति भएको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

"वार्ता सकारात्मक भएको छ, शिक्षक आन्दोलन रोक्ने सहमति भएको छ," उनले भने ।

मन्त्रिपरिषदको बैठकबाट नौबुँदे सहमति निर्णय गर्ने र यो अधिवेशनबाट ऐन पास गर्ने सहमति भएको उनले जानकारी दिए । सिंहरदरबारमा भएको वार्तापछि सहमतिलाई अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ ।

मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेपछि आन्दोलनरत शिक्षकहरुले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

अहिले वार्ताबाट मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा सहभागिताका लागि गएको हुनाले आन्दोलनरत शिक्षकले उनीहरुलाई पर्खिएको शिक्षा समितिका सभापति थापाले जानकारी दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro