साहित्य

काठमाडौं । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ ।
शनिबार काठमाडौंमा महालक्ष्मी साहित्य समाजले आयोजना गरेको कार्यक्रममा १५ जना कविका कविताहरू समावेश पुस्तक राजनीतिज्ञ नवराज सिलवाल, ज्ञानुवाकर पौडेल, कलानिधि दाहाल, डा.रजनी ढकाल, उत्तम केसीलगायतले सार्वजनिक गरे ।
कार्यक्रममा प्रमुख अतिथि सिलवालसहित पौडेल, दाहाल, लक्ष्मी माली, डा.ढकाल, विनोद खत्रीलगायतले बोलेका थिए ।
(तस्बिर : जुमन किरणको फेसबुकबाट)
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ ०८:२१
प्रतिक्रिया दिनुहोस्