
काठमाडौं । सुनकोसी वाङ्मय प्रतिष्ठानले साहित्यकार मोदनाथ खनालको प्रबन्धकृति ‘मानिस किन बिदेसिन्छन् !’ एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वराजदूत डा. दिनेशराज भट्टराई, पूर्वमन्त्री चीनकाजी श्रेष्ठ, पत्रकार किशोर नेपाल, कांग्रेस नेता गुरु बराललगायतले कृति लोकार्पण गरे ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराईले यस पुस्तकले अहिलेको नेपालको राजनीतिक बेथिति उजागर गरेको बताए ।
कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै ज्ञानु अधिकारीले यो कृति आजको समयको जल्दोबल्दो विषयमाथि भोक्ताले लेखेको पुस्तक भएको बताइन् ।
कार्यक्रममा पत्रकार नेपाल, पूर्वमन्त्री श्रेष्ठ, नेता बराल, कृतिकार खनाल, प्रा.डा. मुकुन्द लामिछाने, साहित्यकार छविरमण सिलवाललगायतले कृतिका विषयमा मन्तव्य राखेका थिए ।