site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्मचारीलाई मोहरा बनाइयो, षडयन्त्र माथिबाटै : सीके राउत
फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले रेशम चौधरी पक्राउ प्रकरण धेरै माथिबाट षडयन्त्र भएको बताएका छन् । बुधबार चौधरी डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

“यो सामान्य पक्राउ होइन । कर्मचारीलाई एउट मोहरा मात्र बनाइएको हो । उहाँ बिचरा हो । यो धेरै माथिबाट भएको हो,” राउतले भने ।

बुधबार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण हुने कार्यक्रम रहेको थियो । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम राखिएको थियो । एकीकरण कार्यक्रममा सहभागी हुन प्रज्ञा भवन पुगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई त्यहीँबाट पक्राउ गरिएको थियो ।

सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टले पठाएको पत्रका आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको थियो ।

“यो हाम्रो एकतालाई भाड्ने प्रयास हो भन्ने रूपमा हामीले लिएका छौँ । यसलाई एउटा षडयन्त्रको रूपमा लिएका छौँ । यो लोकतान्त्रिक व्यवहार होइन,” राउतले बताए ।

आदिवासी जनजाती र सीमान्तकृत जनताको लागि लडिरहेका दुई पार्टी मिलेर नयाँ सशक्त शक्ति बन्न लाग्दा यसलाई भाड्न लागिएको उनले जनाए । एकीकरण हुन लागेकै दिन त्यही ठाउँबाट पक्राउ गर्नुले पनि यसलाई पुष्टि गर्ने उनले बताए । “अब हामी बैठक बस्छौँ । छलफल गछौँ । कहाँ कहाँबाट थ्रेट छ, कति थ्रेट छ । हामीलाई दिइएको यो थ्रेट हो । छलफल गरी अघि बढ्छौँ,” राउतले भने ।

रिहा भएपछि चौधरीले पार्टी एकीकरण प्रक्रिया अघि बढाउनुपर्छ भनेकोले यो प्रक्रिया छिट्टै अघि बढ्ने पनि उनले बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro