site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केपी ओली आफू प्रधानमन्त्री हुँदा मधेसका के माग पुरा गर्नुभयो ?
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
संविधानका अन्तरवस्तुमा असहमति जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लामो समयसम्म आन्दोलनमा रह्यो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुने बेला मोर्चाका नेताहरुसँग गरेको लिखित सहमति अनुसार अब संविधान संशोधन प्रक्रिया अघि बढ्नुपर्ने हो । तर प्रक्रिया अघि बढ्न सकेको छैन । नेकपा एमालेको सहमति विना संविधान संशोधन हुन सक्ने अवस्था छैन । तर नेकपा एमालेले संविधान संशोधनको औचित्य नभएको बताएको छ ।
प्रस्तुत छ, नेकपा एमालेको सहमति विना कसरी संविधान संशोधन हुन्छ ? मोर्चासँग भएका सहमति कति कार्यान्वयन भए ? मोर्चा अब सरकारमा जान तयार भएको हो ? लगायतका विषयमा सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णसँग बाह्रखरीका लागि अक्षर काकाले गरेको कुराकानी :
 
प्रधानमन्त्रीको भारत भ्रमणअघि नै संविधान संशोधनको प्रक्रिया अघि बढाउने भनिएको थियो, प्रक्रिया कहाँ पुग्यो ?
त्यस विषयमा सरकारसँग निरन्तर छलफल भइरहेको छ । संवादमै छौं हामी, निष्कर्षमा पुगिसकेका छैनौँ । सरकारले पनि प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूसँग संवादको प्रक्रिया अघि बढाएका छौं भनेको छ  । हामी आशा गर्छौं, सरकारले केही दिनमै संशोधनको प्रस्ताव अघि बढाउला ।
आन्तरिक समिति बनाएपछि मोर्चा विभाजित अवस्थामा पुगेको हो ? 
यस विषयमा केही प्रायोजित हल्ला चलाइयो । मोर्चा निश्चित उद्देश्य प्राप्तीका लागि गठन भएको हो, मधेसका समस्या सम्बोधन गर्नका लागि मोर्चा गठन भएको हो । 
मोर्चाभित्र छलफल र बहस जरुर भएको हो, सरकारले वार्ता समिति नबनाएको अवस्थामा मोर्चाले किन समिति बनाउनुपर्यो भन्ने प्रसंग उठेको हो । छलफलका क्रममा सद्भावना र तमलोपाका ‘कन्सर्न’ सुनुवाइ भएन कि भन्ने आशय व्यक्त भएको हो । तर, विवाद बढेर मोर्चा विभाजनको चरणमा पुगिसक्यो भन्नेचाहिँ निराधार कुरा हो । 
संविधान संशोधनको औचित्य र आवश्यकता पुष्टि गर्न एमालेले चुनौती दिएको छ । एमालेबिना संविधान संशोधन कसरी हुन्छ ?
एमालेलाई पनि के थाहा छ भने संविधान संशोधनबिना वर्तमान राजनीतिक समस्याको निराकरण सम्भव छैन । संविधानको विरोधमा यत्रो आवाज उठेको र मान्छे मारिएको एमालेलाई राम्रोसँग थाहा छ । यसर्थ उसले बाहिर के बोल्छ, त्यो त्यति ठूलो कुरा होइन । संशोधनको प्रक्रियामा एमाले आउँछ, नआई सुखै छैन । 
एमाले अध्यक्ष केपी शर्मा ओलीले नै मोर्चाका माग पूरा भइसके । कसैको दबाबमा संविधान संशोधन हुँदैन भन्नुभएको छ नि ?
हामीले यो बुझ्न सकेनौँ कि एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री हुँदा के माग पूरा गर्नुभयो । केपी ओलीले मधेसीको कुरा सुन्नै चाहनु हुँदैनथ्यो । मधेस आन्दोलनका क्रममा शहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्नुभएन, घाइतेहरूको उपचारको बिल भर्पाइको भुक्तानी गर्नुभएन, न्यायिक छानबिन आयोग गठन भएन । उहाँले कुन माग पूरा गरिदिनुभयो र त्यो बोलीराख्नु भएको छ ?  उहाँले मधेसका कुरा सुन्नै नचाहेकाले हामीले उहाँको विपक्षमा मत हालेका हौँ । वर्तमान सरकारले उपरोक्त कामहरू पूरा गर्छु भनेको थियो र हामीले उसको पक्षमा मत हाल्यौँ । कतिपयले उधारोमा सम्झौता गरे पनि भने तर तिनीहरूले बुझे होला, अहिले ती नगदमा रुपान्तरित भइसके ।
अर्को कुरा, खोक्रो राष्ट्रवादले केही हुँदैन । संविधान संशोधनका लागि कसैले दबाब दिएको छैन । मिडियामा आइसक्यो कि उहाँ बैंककमा उपचार गराउन कम ज्यादा राजनीतिक भेटघाटका लागि जानुभएको थियो । 
संविधान संशोधनका विषयमा भारतमा पनि छलफल भएको हो ? 
भारतको लागि संविधान संशोधन गर्ने भए त भारतको संसदमा कुरा उठिहाल्थ्यो नि ! नेपालको लागि, यहाँका मधेसी, आदिवासी, जनजातिका मागको सुनुवाइ गर्न संशोधन गर्नुपर्ने भएकाले यहाँको संसद्मा कुरा उठाइएको हो । 
भनेपछि प्रधानमन्त्रीको भारत भ्रमणअघि संविधान संशोधन प्रक्रिया अघि बढ्दैन ?
बढ्छ, बढाउनुपर्छ । ढिला गर्नुपर्ने कुनै कारण देखेको छैन । 
संविधान कुन धारामा संशोधन गर्ने हो ? संशोधन गर्नैपर्ने धारा कुन हुन् ?
त्यस विषयमा हामीले यसअघि नै भनिसकेका छौं । संशोधन/पुनर्लेखन गर्नुपर्ने धाराहरूका सन्दर्भमा सरकारलाई माग प्रस्तुत गरिसकेका छौं । 
संविधान संशोधन कि पुनर्लेखन ?
संविधान संशोधन गरे पुग्ने धारालाई संशोधन गर्ने । हटाएर अरु थप्नुपर्ने धारालाई पुनर्लेखन गर्ने । यस अर्थमा संविधान संशोधन र पुनर्लेखन दुवै हुन्छ । 
संविधान संशोधन प्रक्रिया अघि बढेपछि तपाईंहरु सरकारमा जाने हो ?
त्यस विषयमा हामीले सोचेका छैनौँ, अहिले नै गर्ने कुरा होइन त्यो । सकारले त्यसको प्रक्रिया सुरु गरोस्, संविधान संशोधन होस्, बल्ल सरकारमा जाने/नजाने कुरा अगाडि आउँछ ।
त्यसको तयारी पनि गर्नुभएको छ रे ?
ती सबै हल्लाहरू हुन्, हामीले कुनै तयारी गरेका छैनौँ । छलफलको विषयसमेत बनाएका छैनौँ । संविधान संशोधन नभई त्यो विषयमा विचार–विमर्श गर्नु त्यति उपयुक्त र जायज पनि ठहरिँदैन । 
विजयकुमार गच्छदारलाई सरकारमा नलैजान तपाईंहरुले नै लबिङ गरेको कुरा आयो नि, सत्य हो ?
यहाँ के–विषयमा हल्ला हुन्छ त्यसमा हामी टिप्पणी गर्नु त्यति बाञ्छनीय हुँदैन । यसमा हामीले केही भन्नु केही छैन । हामीलाई हाम्रो दलको चिन्ता हुन्छ । सरकारमा यसलाई लैजाऔँ, उसलाई नलैजाऔं भन्ने सत्तारुढ दलको काम हो, आन्दोलनरत दल वा मोर्चाको काम त्यो होइन ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७३  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro