site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अग्ला चुचुराका हिउँ पग्लिए सधैँका लागि गुमाउन सक्छौं
SkywellSkywell

विश्वव्यापी मुद्दा जलवायु परिवर्तन, जैविक विविधता क्षयीकरण, खाद्य सुरक्षाका जोखिम जस्ता क्षेत्रमा काम गर्न अन्तर्राष्ट्रिय संघ–संस्थाहरूको एकीकृत उपस्थिति चाहिन्छ ।

सँगै त्यस्ता क्षेत्रमा कार्यरत वैज्ञानिकहरू एक–अर्कासँग सहकार्य गर्नु पनि जरुरी हुन्छ । विश्वव्यापी रुपमा यस्ता मुद्दामा देशहरूले आ–आफ्नै तरिकाले काम गरिरहेका छन् । तर, यस्ता मुद्दामा समाधानका आधार खोज्न उल्लेख्य प्रगति हासिल भइरहेको छैन ।

हिन्दू–कुश हिमालय क्षेत्रमा दुई अर्ब जनसंख्याको खाद्य सुरक्षा, पानी र ऊर्जा सुरक्षासँग प्रत्यक्ष जोडिएको छ ।
 

KFC Island Ad
NIC Asia

यो जैविक विविधताका लागि विश्वकै प्रमुख क्षेत्र पनि हो । चार दशकभन्दा बढी समय यो क्षेत्रको पर्यावरण, हावापानी, जैविक विविधतालगायतका क्षेत्रमा इसिमोड कार्यरत छ । प्रस्तुत छ, हिन्दूकुश हिमालय भेगका साझा मुद्दामा क्षेत्रीय समन्वयबारे डा. रमा पौडेलले इसिमोडको उप–निर्देशक इजावेला कुजेलसँग गरेको कुराकानीको सम्पादित अंश :
 

–अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा यहाँले लामो समयदेखि काम गर्नुभएको छ । यहाँको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रालाई कसरी व्याख्या गर्नुहुन्छ ?

Royal Enfield Island Ad

मैले अफ्रिकी मुलुक तान्जिनियाको शुष्क क्षेत्रबाट काम सुरु गरेको हुँ । सुरूका दिन त्यति सहज थिएनन् । सुरुवातमा मेरा काम प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै जैविक विविधता संरक्षण गर्नेमा लक्षित थिए । 

त्यसबखत मैले यी क्षेत्रहरूमा अनुसन्धानमा आधारित समाधानको जरुरत महसुस गरेकी हुँ । त्यसपछि बेलायत, अफ्रिका र एसियामा मैले जलवायु, जंगल, प्राकृतिक स्रोतको व्यवस्थापनमा लामो समयदेखि काम गरिरहेकी छु । एसिया क्षेत्रमा काम गर्न थालेको १२ वर्ष भयो ।

Izabella--(6)-1731035943.JPG
 

–हामी हिमालयन क्षेत्रमा जलवायु परिवर्तन, जैविक विविधता जस्ता विविध विषयमा समन्वय कसरी, किन जरुरी छ ? वास्तवमा यो क्षेत्रमा क्षेत्रीय समन्वयको आवश्यकता किन पर्‍यो ?

हिमालयन क्षेत्र संसारकै अनुपम क्षेत्र हो । यो क्षेत्रमा विश्वकै तेस्रो ठूलो बरफको मात्रा छ । संसारकै अग्ला हिउँ चुचुराहरू यो क्षेत्रमा छन् । अनि जैविक र प्राकृतिक विविधता असाधारण छ । यो क्षेत्र विश्वकै प्रमुख नदीहरूको उद्गम क्षेत्र पनि हो जसमा विश्वको दुई अर्ब जनसंख्याको ऊर्जा, पानी र खाद्य सुरक्षा निर्भर छ ।

तर यो क्षेत्र निकै जोखिमयुक्त क्षेत्र पनि हो । जलवायु परिवर्तन, तापमान घटबढ, जैविक विविधताको क्षयीकरण एवम् जनसांख्यिक बनोट परिवर्तनलगायतका समस्याहरूले यो क्षेत्रमा जोखिम थपेका छन् ।

वैज्ञानिकहरूका अनुसार यो क्षेत्रको तापमान वृद्धि विश्वको सरदर वृद्धिभन्दा दोब्बर छ । समुद्र सतहबाट जति उचाइ बढ्दै गयो त्यति नै तापमानमा वृद्धि ज्यादा पाइन्छ । 

जुन असाध्यै संवेदनशील छ । तापमान २ डिग्री सेन्टिग्रेडले बढ्दा, हामीसँग सन् २१०० सम्ममा पचास प्रतिशत मात्र हिउँ–बरफको मात्रा बाँकी हुनेछ । त्यसले पानीको सतहमा कस्तो असर पार्छ । बोट विरुवामा कस्तो असर पार्छ भन्नेमा गम्भीर हुनु जरुरी छ । हिउँ पग्लिएपछि हामीले सधैँका लागि गुमाउन पनि सक्छौं । पानीका कारण हुने क्षति पनि बेर्होनुपर्ने हुन्छ । नेपालमा सेप्टेम्बरको अन्त्यमा हामीले त्यो क्षति भोगिसकेका छौँ ।

Izabella--(8)-1731035946.JPG
 

–हिमालय क्षेत्र असाध्यै जोखिममा छ भन्ने प्रष्ट भइसकेको छ । हामीले जलवायु परिवर्तनका जोखिम भोगिरहेका छौँ, हाम्रा प्राकृतिक र विविधताहरू नास हुँदैछन्, विश्व समुदायले यो क्षेत्रबाट के कुरा सुन्नुपर्छ र त्यो किन महत्वपूर्ण छ ?

विश्व समुदायले बुझ्नुपर्ने कुरा के हो भने यस क्षेत्रको हिउँ–बरफ पग्लिएपछि अन्तिममा पुग्ने भनेको समुद्रमा नै हो । समुद्रमा पर्ने प्रभावले हावापानीमा प्रभाव पार्छ । समुद्री जीवहरूमा प्रभाव पार्छ । साथै हिमालय क्षेत्र र समुद्री क्षेत्र दुवैमा यसको बृहत् असर पर्दा बसाइँसराई प्रभावित हुन सक्छ । जलवायु परिवर्तनले सिर्जना गरेको बसाइँसराईलाई कसरी व्यवस्थित गर्ने ? मेरो विचारमा त्यो विश्वव्यापी चासोको विषय हुनुपर्ने हो ।

–यो क्षेत्रका सरकारहरू मिलेर काम गर्नुपर्ने अन्य काम के–के हुन सक्छन् ?

मेरो विचारमा तथ्यमा आधारित नीति–निर्माणमा ध्यान दिनुपर्छ । इसिमोडमा यो क्षेत्रका सरकारहरू पनि संलग्न छन् । 

यो क्षेत्रका समस्यामा स्थानीय समाधान जस्तै जलवायुमैत्री खेती पद्धतिको विकास गर्ने, समुदायमा आधारित जोखिमको पूर्व जानकारी दिने पद्धतिको विकास गर्ने, रोग किरा शत्रुजीव व्यवस्थापन, प्राकृतिक प्रकोपको जोखिम न्यूनिकरण जस्ता विषयमा जोड दिनुपर्ने हुन्छ । 

त्यस्तै कतिपय मुद्दाहरूमा क्षेत्रीय रुपमै समन्वय गर्नुपर्ने हुन्छ । जस्तै वायुको गुणस्तर कायम गर्ने काम एउटा मात्रै देशले गर्न सक्दैन ।  त्यसका लागि इसिमोडले विज्ञानदेखि नीतिसम्मको संवादमा काम गर्दै छ । 

जस्तै हामीले वायुको गुणस्तर बढाउन क्षेत्रीय तहमा उच्चस्तरीय वार्ता गर्ने वातावरण तयार गरेका छौँ । उच्चस्तरीय संवाद र संरचना निर्माण निम्ति प्रयास पनि गरेका छौँ । हिन्दु कुश हिमालयको आवाज बुलन्द गर्न अझै पनि गर्नुपर्ने कामका सूची लामै छन् । 

अन्तर्राष्ट्रिय वार्ताका लागि आवश्यक वैज्ञानिक तथ्याङ्कको संकलन गर्ने त्यसका लागि अन्तर्राष्ट्रिय सम्मेलन÷बैठकहरूमा पैरवी गर्ने सवाल महत्वपूर्ण छ ।  हामीसँग १५० जति विज्ञहरू कार्यरत हुनुहुन्छ । हामीले जुनसुकै निकाय र यो क्षेत्रको सरकारहरूलाई आवश्यकताअनुसार प्राविधिक र नीतिगत सहयोग गर्न सक्छौं । 

कतिपय तथ्याङ्कहरू हामीले हाम्रो वेभसाइडमा पनि राख्ने गरेका छौं । त्यसलाई अझै सहज र प्रभावकारी बनाउने प्रयास गरेका छौं ।

Izabella--(4)-1731035942.jpg
 

–हिमालयन क्षेत्रले हरित गृह उत्सर्जनमा न्यून भूमिका खेले पनि जलवायु परिवर्तनको असर यो क्षेत्रमा व्यापक देखिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रले यसलाई कसरी लिइराखेको छ ? यो क्षेत्रको आवाज बुलन्द बनाउन इसिमोडको भूमिका कस्तो रहन्छ ?

हिन्दु कुश हिमालय क्षेत्रको आवाज बुलन्द गर्न अझै पनि गर्नुपर्ने प्रशस्त काम छन् । हामीले इसिमोडको रणनीतिमा तिनलाई पहिचान गरेका छौँ ।  हामीले अन्तर्राष्ट्रिय वार्तामा क्षेत्रीय सदस्य राष्ट्रहरूलाई आवश्यक वैज्ञानिक तथ्याङ्कको संकलन गर्ने र सहजीकरण गर्ने गरेका छौँ । 

विश्व समुदायले यो क्षेत्रमा आएको परिवर्तनले पार्ने विश्वव्यापी प्रभावबारे बुझ्नु जरुरी छ । 

जलवायु जोखिमको मूल्य समुदाय र देशहरूले कति चुकाउनु परेको छ । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? यो निकै गम्भीर र नैतिक विषय पनि हो । 

त्यस्तै हामीले प्रभाव न्यूनीकरण र अनुकूलनमा पनि त्यतिकै ध्यान दिनु जरुरी छ । त्यसका लागि राष्ट्रिय क्षमता पनि बढाउनुपर्छ ।

–तपाईं इसिमोडमा पहिलो महिला उप–निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ । अझै पनि राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थामा महिलालाई नेतृत्वमा पुग्न कठिन छ । महिलाहरूलाइ नेतृत्वमा पु¥याउन सहज बनाउन के गर्नुपर्छ होला ?
नेतृत्वमा महिला र पुरुषको सन्तुलित सहभागिताले मात्रै कुनै पनि क्षेत्रमा कार्यसम्पादन प्रभावकारी र उत्कृष्ट हुन सक्छ । महिला नेतृत्वले फरक आयाम भित्र्याउन सक्छन् । महिला र  पुरुष नेतृत्वको समन्वयले अन्वेषण हुन्छ । 
जस्तै– महिलाहरूले अनेक जिम्मेवारी एकै पटकमा सफलतापूर्वक गर्न सक्छन् । 

त्यसैले महिला र पुरुषको सन्तुलित सहभागिताको पैरवी असाध्यै महत्वपूर्ण छ । त्यसैगरी विश्वविद्यालयको अध्ययनपछि पनि महिलाहरूको नेतृत्व कौशलमा वृद्धि गर्न मार्गदर्शनको जरुरत पर्छ । 

लक्ष्य प्राप्तिका लागि आत्मविश्वास कायम गर्नु र कठिन परिस्थितिमा पनि हार नमानी निरन्तर लाग्नु महत्वपूर्ण हुन्छ । 

बालबालिकाको हेरचाहमा सहज हुने वातावरण तयार गरिनुपर्छ ।  त्यसैगरी विज्ञान, प्रविधि र गणितको क्षेत्रमा पनि महिला सहभागिता बढाउनु जरुरी छ । युरोपतिर राम्रै प्रगति भएको छ । यो क्षेत्रमा भने थुपै्र कुरा गर्न बाँकी छ जस्तो लाग्छ ।

Izabella--(3)-1731035941.jpg
 

–अन्त्यमा यो क्षेत्रका युवाहरू र महिलाहरूका लागि केही सन्देश दिन चाहनुहुन्छ ?

युवापुस्ता सिर्जनात्मक हुनु जरुरी छ र अन्वेषणमा ध्यान दिनुपर्छ । हालका प्रविधिहरू भविष्य जोखिमका लागि प्रभावकारी नहुन पनि सक्छन् । त्यसैले आगामी चुनौति सामना गर्न पूर्वसूचना लिनु र पूर्वतयारी गर्नु जरुरी छ । हामीले युवा पुस्ताका लागि सहज वातावरण बनाइदिनु पर्छ । 

हामीले अब काम गर्न थाल्यौँ भने आशावादी हुने ठाउँहरू पनि छन् ।  मैले जागिरे जीवन सुरु गर्दा यस्ता वातावरणीय मुद्दाहरू खासै हुँदैनथ्यो । अचेल यो मुख्य मुद्दा बन्दै गएको छ । खासमा समस्या हाम्रो पुस्ता र अघिल्लो पुस्ताले सिर्जना गरेको हो । 

त्यसैले हामी पनि जिम्मेवारीबाट पन्छिन मिल्दैन । तर हामीले युवाहरूलाई अन्वेषणका लागि सहयोग गर्नुपर्छ । महिलाहरूको लागि जस्तोसुकै स्थितिमा पनि हार नमान्न आग्रह गर्छु । जुनसुकै क्षेत्रमा अझै नेतृत्वमा महिलाहरू हुनु महत्वपूर्ण छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro