site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के हो बक्स अफिस ? लागु होला त अब ?
SkywellSkywell

काठमाडौं । चलचित्र निर्माता तथा वितरकहरुको सधंै गुनासो रहने गरेको थियो, ‘बक्स अफिस प्रणाली लागु नहुँदा हामी मर्कामा पर्यौं ।’ हल सञ्चालकहरुले शोसमेत गायब गर्ने गरेको उनीहरुको दाबी थियो । वितरक तथा हल सञ्चालकहरु पारदर्शी नभएको स्वयम् निर्माताहरुले बताउँदै आएका छन् ।

नयाँ निर्माताहरु पुराना प्रोडुसरबाट ठगिने र प्रोडुसर हल सञ्चालकबाट ठगिने गरेका समाचारहरु बाक्लै आइरहेका बेला बिहीबार अब बक्स अफिस लागु हुने निर्णय भएको समाचार आयो । समाचार अनुसार २०७५ साउन १ गतेबाट उपत्यकाभित्र बक्स अफिस प्रणाली लागु हुनेछ । 

बिहीबार बसेको चलचित्र बिकास बोर्डका सदस्य तथा वक्स अफिस कार्यान्वयन समितिको बैठकले बक्स अफिस लागु गर्ने निर्णय गरेको हो । 

KFC Island Ad
NIC Asia

वक्स अफिस कार्यान्वयन समितिका संयोजक नरेन्द्र महर्जनसहितको बैठकले यही २०७५ वैशाख १ गतेबाट परीक्षण गर्ने र २०७५ साउन १ गतेबाट उपत्यकाभित्र लागु गर्ने निर्णय गरेको हो ।  
२०७५ माघ १ गतेसम्म उपत्यकाबाहिर पनि बक्स अफिस कार्यान्वयन हुने कार्यान्वयन समितिका सदस्य तथा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जनकारी दिए । 

प्राविधिकहरुसँगको छलफल पनि उक्त निर्णय गरिएको हो । बैठकले बक्स अफिस जडानका लागि ब्रेन डिजिट इन सोलुसन कम्पनीलाई निर्देशन समेत दिएको अधिकारीले बताए । “मैले २०६५ सालदेखि लगातार उठाउँदै आएको विषय बल्ल सुनुवाइ भएको छ । नयाँ प्रविधि र विकासलाई कसैले पनि छेक्न सक्तैन भन्ने कुरा आज प्रमाणित भएको छ,” अधिकारीले भने, “चलचित्र संघका अध्यक्ष प्रदीप उदय पनि यो निर्णय गर्दा सँगै हुनुहुन्छ । उहाँ यो निर्णयबाट सन्तुष्ट भएकाले अब बक्स अफिस लागु हुनेमा कुनै शंका छैन ।”

Royal Enfield Island Ad

बैठकमा बक्स अफिस कार्यान्वयन समिती संयोजक नरेन्द्र महर्जन, चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, सदस्यहरु कपिल पराजुली र सदस्य सचिव प्रभाकर भट्टराईको उपस्थिती थियो । 

नेपालमा बक्स असफिस लागु नहुँदा आफूहरु मारमा पर्ने गरेको निर्माताहरुले गुनासो गर्दै आएका थिए । कतिपय सिंगल थिएटरहरुले शो नै गायब गर्ने गरेको उनीहरुको गुनासो रहँदै आएको थियो । 
बक्स अफिसको अभावमा नेपाली चलचित्रले कति व्यापार गर्यो भन्ने यकिन तथ्यांक कसैसँग पनि हुँदैन थियो । वितरक तथा निर्माताको ओठे जवाफलाई पत्याउनु पर्ने अवस्था थियो । यसको फाइदा उठाउँदै अधिकांश चलचित्रले पहिलो हप्ताको विजनेश अपत्यारिलो दिँदै आएको बताइएको छ । 

लागु होला त बक्स अफिस ?
नेपालमा बक्स अफिस लागु गर्ने भन्ने विषय नयाँ होइन । आधा शताब्दी लामो इतिहास नेपाली चलचित्र उद्योगले बोकिसकेको छ । चलचित्रको इतिहास जस्तै बक्स अफिस लागु हुने या नहुने भन्ने मुद्दा पुरानो नभए पनि नयाँ भने होइन । इन्टरनेटको विकास र प्रयोगको वृद्धि र मल्टिप्लेक्सको विकाससँगै यो मुद्दा पनि उठ्दै आएको छ । तर, लागु भने आजसम्म हुन सकेको छैन । 

चलचित्र विकास बोर्डको अध्यक्षमा जानु अगाडि सबैको मुद्दा र प्रतिबद्धता यही हुँदै आए पनि लागु हुन सकेको छैन । यस अगाडि पनि बक्स अफिस लागु हुने बताइएको थियो । तर, लागु भने भएको थिएन । 
वि.सं. २०७१ सालमा चलचित्र विकास बोर्डको रोहबरमा निर्माता संघ र चलचित्र संघबीच बक्स अफिस लागु गर्ने औपचारकि सहमति भए पनि लागु भएन । लामो बहसपछि साउन १ गतेबाट बक्स अफिस सुरु गर्न निर्माता संघ र चलचित्र संघ सहमत पनि भएका थिए । पहिलो चरणमा उपत्यकाका २५ हलमा र एक वर्षभित्र लागु गर्ने सहमति भएको थियो । प्राविधिकसहितको कार्यदल पनि गठान भएको थियो । तर, कार्यान्वयनमा जान सकेन । 

के हो बक्स अफिस ?
बक्स अफिस चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रणाली हो । यो प्रणाली जडान भएपछि कुन हलमा कति टिकट बिक्री भयो । आधिकारिक तथ्यांक लिन सकिन्छ । 
कुन हलमा कतिको टिकट बिक्री भयो भन्ने अनलाइनमा नै देखाउने भएकाले यसमा हल सञ्चालकले लगानीकर्तालाई झुक्याउन सक्तैनन् । प्रत्येक शोको पूर्ण विवरण निर्माता तथा वितरकले घरमै बसेर थाहा पाउन सक्छन् । 

के गर्नुपर्छ बक्स अफिस लागु गर्न ?
‘बक्स अफिस’ लागु गर्न हलहरूले अनिवार्य ‘ई–टिकट’ प्रणाली लागु गर्नुपर्छ । पछिल्लो समय निर्माण गरिएका र ‘अपडेटेड’ हलहरुमा यो प्रणाली लागु गरिए पनि पूराना हलमा भने ‘ई–टिकेटिङ’ को व्यवस्था छैन ।

यसका लागि सुरुमा चलचित्र विकास बोर्डले केही सहयोग गर्ने बताउँदै आएको छ । नेपालभर ३६७ सिनेमा हल दर्ता भएकामा करिब ५० प्रतिशत बन्द छन् । ३६७ हलमा १८३ वटा हल सञ्चालनमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro