site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनार्दनलाई किन पार्टी छोड्न भनेको ? प्रचण्डको जवाफ– भनेकै छैन, बेकारको कुरा हो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफूले जनार्दन शर्मालाई पार्टी छोड्न भनेको दाबी गरेका छन् । शनिबार विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रचण्डले आफूले शर्मालाई पार्टी छोड्न भनेर आएको विषय 'बेकार'को भएको बताए ।

सञ्चारकर्मीले प्रचण्डले सोधेका थिए– तपाईंले जनार्दन शर्मालाई पार्टी छोड्न किन भन्नुभएको हो ?

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जवाफफ प्रचण्डले भने, "भनेकै छैन त्यो, बेकारको कुरा हो । तपाईंहरूले पत्याउनुभयो भने गल्ती गर्नुभयो ।"

त्यसक्रममा उनले राष्ट्रपति/उपराष्ट्रपतिलाई राजनीतिमा आउन चाहे केहीले नरोक्ने पनि बताए ।

"राष्ट्रपति/उपराष्ट्रपति राजनीतिमा आउन चाहन्छन् भने पाउँछन् । कुनै संविधान, कुनै कानुन, विश्वको कुनै परम्पराले रोक्दैन," उनले भने ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्