site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गगनको प्रस्ताव– सबै क्रियाशील सदस्यबाट सभापति छानौँ, गुटबन्दी खत्तम पारौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै क्रियाशील सदस्यबाट प्रत्यक्ष सभापति छान्ने व्यवस्था गरिए पार्टीमा गुटबन्दी अन्त्य हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमितिको कार्यक्रममा महामन्त्री थापाले क्रियाशील सबै सदस्यबाट सभापति चुन्ने व्यवस्था पार्टीको गुटबन्दी अन्त्य गर्ने अचुक अस्त्र रहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"सबै साथीहरू तयार हो भने पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र छ । नेपाली कांग्रेसमा आठ लाख ६६ हजार क्रियाशील सदस्य छौँ । यसपटक अलिकति रिन्यू गर्ने सबै गर्दा नयाँ थपिँदा मानौँ १२ लाख भयो रे ल । ...सिधै त्यो १२ लाख मान्छेले कांग्रेसको सभापति छान्ने व्यवस्था गरौँ त ल । १२ लाख मान्छेबाट निर्वाचित भएको कांग्रेसको सभापतिले जसले गुट बनायो त्यो ध्वस्त । त्यो सकियो । होइन भने गुट त बन्छ, जति भाषण गरे पनि," थापाले भने ।

अहिले क्रियाशील सदस्यबाट प्रतिनिधि हुँदै महाधिवेशनसम्म पुग्दा सीमित व्यक्तिले सभापति छान्दा गुटको समस्या देखिएको उनको भनाइ छ ।

उनले भने, "हाम्रो पार्टीको अधिवेशनमा के हुन्छ, १२ लाख क्रियाशील मान्छे एकैपटक जान्छ र बुथमा गएर हामी आफ्ना प्रतिनिधि छान्छौँ । त्यो छानिएको प्रतिनिधिले अर्को प्रतिनिधि छान्दै छान्दै गएर काठमाडौंमा हामी पाँचहजार मान्छेको महाधिवेशन गर्छौं । १२ लाख मान्छेलाई यदि हामी बुथमा निकाल्छौँ र उसलाई हामी अधिवेशनमा टिक लगाउन दिन्छौँ भने यत्रो प्रविधिको जमाना छ । किन त्यो १२ लाख मान्छेले अप्रत्यक्ष निर्वाचन गरेर प्रतिनिधि छान्ने ?"

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्