देश

काठमाडौं । तीनकुने घटनाका अभियुक्त दुर्गा प्रसाईंसहितका प्रतिवादीहरूविरुद्धको थुनछेक बहस सकिएको छ । बहस काठमाडौं जिल्ला अदालतमा सकिएको हाे । आजै आदेश आउने अदालत स्रोतले जानकारी दिएको छ ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा १० दिनदेखि निरन्तर थुनछेक बहस भएको थियो । बिहीबार ढिला गरी बहस सकिएको छ ।
गत चैत १५ मा राजावादी आन्दोलनका क्रममा तीनकुने घटनाका विषयमा जेठ ११ मा सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२ २२:३१
प्रतिक्रिया दिनुहोस्