site stats
बाह्रखरी :: Baahrakhari
देश
इरानमाथि इजरायलको आक्रमणपछि नेपालले भन्यो– परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ

काठमाडौं । नेपालले इजरायल र इरानबीच बढ्दो तनावलाई नजिकबाट नियालिरहेको बताएको छ । नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाएको हो ।

“हालै इरान र इजरायलबीच विकासोन्मुख घटनाक्रमप्रति नेपाल गहिरो चिन्ता व्यक्त गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “हामीले परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालले दुवै पक्षलाई तनाव नबढाउन अनुरोध गर्दै उक्त क्षेत्र तथा बाहिर शान्ति र स्थिरता कायम गर्न मेलमिलापको नीति अवलम्बन आग्रह गरेको छ ।

वार्ताका लागि कूटनीतिक माध्यमहरूको प्रयोगले तनाव कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दोहा र तेल अभिभमा रहेका नेपाली दूतावासहरू इरान र इजरायलमा रहेका नेपाली समुदायहरूसँग सम्पर्कमा रहेको परारष्ट्रले जनाएको छ ।

दुवै देशमा रहेका सबै नेपाली नागरिकहरूलाई परिस्थितिप्रति सतर्क रहन, पर्याप्त सावधानी अपनाउन र स्थानीय आदेशहरूको पालना गर्न परराष्ट्रले भनेको छ । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्