site stats
बाह्रखरी :: Baahrakhari
देश
बागलुङमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १२ घाइते
प्रतीकात्मक तस्बिर ।

ढोरपाटन (बागलुङ) । बागलुङको ढोरपाटन नगरपालिका–५, अस्तुमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बुर्तिवाङ बजारदेखि ढोरपाटन नगरपालिका–५, चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जीप शुक्रबार साँझ ५ः४५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । अहिले प्रहरी, स्थानीय र जनप्रतिनिधिको सक्रियतामा उद्धार भइरहेको उनको भनाइ छ । जीप सडकदेखि करिब ६० मिटर तल खसेको थापाले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार ६ जना घाइतेको उद्धार गरी उपचारका लागि बुर्तिवाङ प्रादेशिक अस्पताल पठाइएको छ भने दुई शव संकलन भइरहेको छ ।

उपप्रमुख कायतले भने, “हामी घटनास्थल आइपुगेका छौँ, अहिले घाइतेको उद्धार गरी प्रहरी र नगरपालिकाको गाडीमा अस्पताल पठाइरहेका छौँ, दुईजनाको मृत्यु भएको छ, शव संकलनको प्रयास भइरहको छ ।” रासस

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्