site stats
बाह्रखरी :: Baahrakhari
देश
धादिङको गल्छीमा दुई माइक्रो ठोक्किँदा १२ जना घाइते

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–७, भल्टारमा दुई माइक्रो ठोक्किँदा १२ यात्रु घाइते भएका छन् । शुक्रबार दिउँसो ४ः४५ बजे लमजुङबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ६९४ नम्बरको हाइस र काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको वाग्मती प्रदेश०१–००६ख ७१४१ नम्बरको माइक्रो एकआपसमा ठोक्किएको हो ।

दुर्घटनामा परी दुवै गाडीबाट ६–६ जना गरी कुल १२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी सुवास हमालले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घाइतेहरूमध्ये केहीलाई गल्छीस्थित अम्बे भरोसा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रेफर गरिएको सूचना अधिकारी हमालले जानकारी दिए ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १८:५७
प्रतिक्रिया दिनुहोस्