site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अपांगता भएका व्यक्तिहरूको हकहितका लागि कांग्रेस सजग

काठमाडौ‌ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपांगता भएका व्यक्तिहरूको हकहितका लागि पार्टी सजग भएको बताएका छन् । राष्ट्रिय लोकतान्त्रिक अपांग सघले पार्टी केन्द्रीय कार्यालय बीपीनगरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अपांगता भएका व्यक्तिहरूको हकहितका लागि कांग्रेसले पार्टीको विधान नै संशोधन गर्न तयार रहेको बताए । 

राजनीतिक अधिकारसम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन उद्घाटन सत्रमा उनले स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गर्दै उनले अपांगता भएका व्यक्तिहरूलाई कार्यक्रम स्थलमा आउन कठिन भएको देखेसँगै तत्काल पार्टी कार्यालयलाई अपांगतामैत्री बनाउने आश्वासन समेत दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उद्घाटन सत्रमा बोल्दै पूर्वमन्त्री एवं कांग्रेस नेता डा. मीनेन्द्र रिजालले अपांगता संवेदनशील विषय भएकाले पार्टीले गम्भीर भएर जानुपर्ने बताए । त्यस्तै, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले संविधानमा अपांगता भएका व्यक्तिहरूको हकहितबारे स्पष्ट पारिन् । उनले संविधानमा छुटेका विषयलाईसमेटिन् । 

उद्घाटनपछिको प्रशिक्षण सत्रमा नेताहरू केन्द्रीय सदस्य मधु आचार्यले  'नेपाली कांग्रेस र समावेशी राजनीति' विषयमा प्रस्तुति दिएका थिए । उनले पार्टी स्थापनाको चरणदेखि नै समावेशी राजनीतिमा जोड दिइरहेको उल्लेख गरे । उनले अब अपांगता भएका व्यक्तिहरूले पनि समान अवसर पाउनुपर्नेमा जोड दिँदै विश्वका देशहरूमध्ये नेपालमा तुलनात्मक रूपमा अवसर पाएको पनि उल्लेख गरे ।

त्यस्तै, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सामाजिक सञ्जालको प्रयोग र उपयोगिताबारे प्रस्तुति दिए । उनले सामाजिक सञ्जालको प्रयोग गर्दा सचेत हुन आग्रह गर्दै कस्ता सूचना शेयर गर्ने र कस्ता सूचना गलत हुन्छन् भनी जानकारी दिए । 

त्यस्तै, लोकतान्त्रिक अपांग संघका पूर्वअध्यक्ष एवं पूर्वसांसद प्रकाश पन्थले अपांगता भएका व्यक्तिको राजनीतिक अधिकारका बारेमा प्रस्तुति दिए । उनले हालसम्म अपांगता भएका व्यक्तिहरूले हासिल गरेका उपलब्धि र पाउन नसकेका अधिकार केलाएका थिए । 

राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले खराब मौसम र असहज परिस्थितिबीच पनि दुईसयभन्दा बढी अपांगता भएका व्यक्तिहरू कार्यक्रममा सहभागी हुनुले नै उनीहरूको राजनीतिक चेतनामा वृद्धि भएको स्पष्ट भएको भन्दै अब आफ्नो हकका लागि सबैले सक्रिय हुने बेला आएको बताए ।थ्यग कभलत

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १९:३३
प्रतिक्रिया दिनुहोस्