site stats
बाह्रखरी :: Baahrakhari
देश
न्यायाधीशमाथि आक्रमण गर्नेलाई कारबाही गर्न मञ्चको माग

काठमाडौं । संवैधानिक कानुन व्यवसायी मञ्चले उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीशमाथि भएको आक्रमणको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मञ्चले बिहीबार एक विज्ञप्ति जारी गर्दै न्यायाधीशहरूमाथि इजलासमा प्रवेश गरी भएको आक्रमणको गम्भीर रूपमा भर्त्सना गरेको बताएको छ । 

"राजनीतिक आवरणमा भएको यो अपराध निन्दनीय मात्र नभइ प्रचलित कानुनबमोजिम दण्डनीय पनि छ । विधिको शासन, शान्ति सुरक्षा तथा स्वतन्त्र न्यायपालिकाको खिल्ली उडाएको छ," मञ्चका अध्यक्ष अधिवक्ता ओमप्रकाश अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "सभ्य समाजका न्यूनतम मानकहरू समेत भत्काउने हदसम्मको अपराध भएको हुँदा अक्षम्य रहेको छ ।" 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मञ्चले न्यायाधीशमाथि आक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न माग गरेको छ । “यस किसिमका घटना दोहोरिन नदिन र न्यायाधीशको सुरक्षाको प्रत्याभूति दिन मञ्चको तर्फबाट सम्बन्धित सबैको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउदछौँ,” विज्ञप्तिमा भनिएको छ ।

साथै, मुलुकलाई विधिको शासनबाट विचलित हुन नदिन, संविधानवाद, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको पक्षमा सरोकारवाला सबैसँग सहकार्य गर्ने प्रतिबद्वता व्यक्त गरेको छ । 

 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  २१:१५
प्रतिक्रिया दिनुहोस्