site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गगन थापा भन्छन्– अब गनगन र रुवाबासी गर्ने होइन, हामीले समाधान दिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले अब समस्या देखाएरमात्र नहुने बताएका छन् । शुक्रबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले समस्याको समाधान पनि दिनुपर्ने दायित्व आफूहरूलाई भएको बताए ।

"कांग्रेस पार्टीले अब समस्या मात्र देखाएर हुँदैन, समाधान पनि दिनुपर्छ । हामी समाधान दिने पार्टी हो । हाम्रो ड्युटी हो यो । नेपाली कांग्रेस पार्टीले नेपालमा रोजगारीको समस्या छ समाधान दिने हो," थापाले भने ।

उनले अगाडि थपे, "अब पार्टीको काम गर्ने तरिका पनि बदलिनुपर्छ । पार्टीको दृष्टिकोण पनि बदलिनुपर्छ । अब हामीले गनगन गर्ने पनि होइन, रुवाबासी गर्ने पनि होइन । अब समस्या भएको क्षेत्रमा कांग्रेस छ र समाधान दिन्छ भन्ने पार्टी बनाएर जान आवश्यक छ ।"

थापाले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरिएको जानकारी दिए । महामन्त्री थापाले वैदेशिक रोजगारीका समस्या समाधान गर्न पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर अभियान थालिएको बताए । उनले वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुने बताए ।

"यो अभियान सुरु भएको एक महिना भयो । यसमा हाम्रो एउटा टिमले काम गरिरहेको छ । केही विश्वविद्यालयहरूसँग हाम्रो साझेदारी छ । केही शैक्षिक संस्थासँग पनि हाम्रो साझेदारी छ," उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro