देश

काठमाडौं । सहकारी पीडितको आन्दोलनले रत्नपार्क–सुन्धारा क्षेत्रको सवारी आवागमन अस्तव्यस्त बनेको छ ।
कार्यालय समयमै र्याली निकालेकाले सवारी जाम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता दिपक गिरिले बताए ।
“अहिले सहकारी पिडितले क्षेत्रपाटीबाट र्याली निकालेका छन । त्यसैले रत्नपार्क सुनधारा, त्रिपुश्वर, जमल क्षेत्रको सवारी आवागमन प्रभावित बनेको छ । कार्यालय समयमा क्यूमा सवारी बस्नुपर्थ्यो । तर, आज सडकमै रोकिनुपर्ने अवस्था छ,” गिरिले भने ।
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१ १०:३३
प्रतिक्रिया दिनुहोस्