site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कारधनीलाई नियन्त्रणमा लिएर ६० लाख लुटपाट गर्ने १८ जना समातिए

काठमाडौं । जग्गा खरिद गर्न बोलाएर रकम लुटपाट गर्ने ठूलो समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले गएको चैत २७ गते बौद्धका ४२ वर्षीय रितेश लामालाई जग्गा बैना गर्न रकम लिएर आउन भन्दै बोलाएका थिए । तर, बीचबाटोमा अर्को समूहलाई ‘रेकी’ गर्न लगाएर लामा सवार वाग्मती प्रदेश ०१–०२९च ३२७२ नम्बरको कारलाई काठमाडौंको मनोहरा टाउन प्लानिङस्थित नेपाल तारा स्कुलनजिक रोकिएको थियो । र, लामाले कारमा ल्याएको ६० लाख रुपैयाँ लुटेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।

लुटपाटको सूचनालगत्तै अनुसन्धान गरेको काठमाडौं प्रहरीको विशेष टोलीले आइतबार साँझ (चैत ३१) उनीहरूलाई नियन्त्रणामा लिएको छ । पक्राउ पर्नेमा काठमाडौंको लोलाङका राज पराजुली, रामेछापका हरिराम खत्री, रामेछापकै राजेश भण्डारी र सार्की माझी, सोलुखुम्बुका कुशल बस्नेत, काभ्रेका रन्जित लामा, सुयोग लामा छन् ।

यस्तै, रामेछापका उत्तम मगर, राजु मगर, टिकबहादुर मगर, रमेशबहादुर मगर, लवबहादुर मगर, रूपक मगर, सागर मगर, काभ्रेका दावा लामा, बाबुु तामाङ, सुजन लामा र रिवेल लामालाई पक्राउ गरिएको छ ।

उनीहरूका साथबाट प्रहरीले ३० लाख रुपैयाँ, दुई स्कुटर र एउटा मोटरसाइकल बरामद गरेको छ । उनीहरूमाथि प्रहरीले लुटपाट मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro