site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बेलायतको लेबर पार्टीकी पूर्वमन्त्रीविरुद्ध बंगलादेशले जारी गर्‍यो पक्राउ आदेश

काठमाडौं । बंगलादेश भ्रष्टाचार विरोधी आयोगले बेलायतको लेबर पार्टीकी सांसद तथा पूर्वमन्त्री तुलिप सिद्दिकविरुद्ध पक्राउ आदेश जारी गरेको छ ।

गत अगस्टमा प्रधानमन्त्रीबाट हटाइएकी शेख हसिनाको शासनकालमा भएको व्यापक अनियमितताको जाँचको एक भागको रूपमा बंगलादेश सरकारले पूर्वमन्त्री सिद्दिकमाथि अवैधरूपमा जग्गा प्राप्त गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । 

पूर्वप्रधानमन्त्री हसिना, उनकी छोरी र सिद्दिकसहित ५० भन्दा बढी व्यक्तिमाथि एक आवासीय जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको आरोप लागेको छ । गिरफ्तारी आदेश जारी भएका व्यक्तिको सूचीमा सिद्दिकको नाम समावेश गरिएको बीबीसीले जनाएको छ ।

बेलायतको ह्याम्पस्टिड र हाइगेटका सांसद सिद्दिकले गत जनवरीमा वित्त मन्त्रालयको आर्थिक सचिव पदबाट राजीनामा दिएकी थिइन् ।

सिद्दिकका वकिलले भने यस आदेशलाई राजनीतिकप्रेरित भनेर अस्वीकार गरेका छन् । 

बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro