
फेजल इस्लाम (बीबीसी)
काठमाडौं । अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्प र उनका सहयोगीले पछिल्लो सात दिनमा भएको घटनालाई अराजक नभएको जिकिर गरिरहेका छन् ।
आफ्नो बजारमा लगाइएको आयात करपछि चीनको अर्थव्यवस्था ठूलो संकटतर्फ बढिरहेको छ । ट्रम्पले चीनबाहेक अरू देशमा आयात कर ९० दिनका निम्ति स्थगन गरेका छन् । तर, यो सन् १९३० को दशकपछिको सबैभन्दा ठूलो संरक्षणवादी आयात करको पर्खाल खडा गरिएको छ ।
हाल विश्वमा सबै देशविरुद्ध १० प्रतिशत आयात कर अझै लागु छ । अमेरिकामा धेरै वा कम सामान बेच्ने सबै देशले यो शुल्क तिर्नुपर्छ । अब सबै ट्रम्पको अर्को चालको प्रतीक्षामा छन् । प्रमुख प्रश्न के छ भने, के उनी औषधिमा पनि आयात कर लगाउनेछन् ? ब्रिटेन (बेलायत) दोस्रो ठूलो औषधि निर्यातक हो ।
अर्को चुनौती ‘मेड इन चाइना’ सामानमा कर लगाउनु हो । यो सजिलो छैन, किनभने विश्वका आधा मर्चेन्ट शिप शुक्रबारसम्ममा अमेरिकी बन्दरगाहमा पुग्नेछन् । ट्रम्पको ९० दिने ‘डेडलाइन’पछि पनि अन्तर्राष्ट्रिय व्यापारमा अनिश्चितता छ ।
चीनसँग बिग्रिएको सम्बन्ध
हाल विश्वकै दुई ठूला अर्थतन्त्र आमनेसामने छन् । अमेरिका–चीनबीच विश्वको ३ प्रतिशत व्यापार हुन्छ । यसले ‘ग्लोबल ट्रेड’को ‘हाइवे’ बन्द गरिदिएको छ ।
यसका कारण चीनका कारखाना बन्द हुने र श्रमिक नयाँ रोजगारी खोज्न बाध्य हुनेछन् । चीनले छिटो कदम चाल्नुपर्नेछ । नत्र उसले जीडीपीको ठूलो हिस्सा गुमाउनेछ । अमेरिकामा उपभोक्ता सामानको मूल्य बढ्नेछ । ट्रम्पले कम्पनीहरूलाई मूल्य नबढाउन आग्रह गर्न सक्छन् । तर, यसको प्रभाव स्पष्ट देखिनेछ ।
यसको असर केवल अमेरिका र चीनमा मात्र हो । युरोप वा क्यानडामा चिनियाँ सामानको मूल्यमा परिवर्तन आउने छैन ।
व्यापार युद्धबाट मुद्रा युद्धसम्म
व्यापार युद्धले मुद्रा बजारमा प्रभाव पारेको छ । अमेरिकी ‘बन्ड’ बजारले पहिले नै असर भोगेको छ । बुधबारसम्ममा एसियामा अमेरिकी बन्डको ठूलो खरिद भयो, ब्याजदर ५ प्रतिशत पुग्यो । यस्तो अवस्था कोरोना महामारीको ‘ड्यास फर क्यास’ समयमा मात्र देखिएको थियो ।
के चीनले अमेरिकी बन्ड बेचेर यो संकट सिर्जना गरेको हो ? त्यो सम्भव छैन । तर, बन्ड बजारले ट्रम्पको कमजोरी देखाइसकेको छ । चीन अमेरिकी बन्डको दोस्रो ठूलो खरिदकर्ता हो । यदि, उसले बन्ड बेच्न थाले अमेरिकामा अराजकता फैलिनेछ । यसले चीनलाई पनि ठूलो क्षति पुर्याउनेछ ।
बन्ड बजारले ट्रम्पलाई संकेत के दिएको छ भने, बजार उनको आयात कर नीतिसँग सहमत छैन । यसमा फेडरल रिजर्भले हस्तक्षेप गर्न सक्छ । तर, यसका अध्यक्ष जेरोम पावेलले यस्तो गर्ने संकेत देखाएका छैनन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्पलाई चीनसँग लड्न आफ्ना सहयोगीसँग सम्झौता गर्न सुझाव दिएका छन् ।
ठूलो ‘आँधी’अघिको शान्ति
ट्रम्पले सहयोगीलाई ‘चोर’ भनेका थिए । अब उनीहरूसँग मिलेर चीनको सामना गर्नुपर्छ । युरोपियन युनियन, ब्रिटेन, जी७ को सहयोग आवश्यक छ । चीनले यी देश ‘न्युट्रल’ रहने अपेक्षा गरेको छ ।
बाँकी विश्वले ट्रम्पले पेंगुइन द्वीप र अफ्रिकी देशमा किन आयात कर लगाएको भनेर बुझ्न खोजिरहेको छ । उनी स्टक बजारलाई जानाजान गिराउने कुरा किन गर्छन् ?
अमेरिकाको मित्र वा शत्रु जो कोही भए पनि ट्रम्पको नीतिअनुसार उँटले कता कोल्टे फेर्छ भन्न गाह्रो छ । ९० दिने डेडलाइनसम्मत शान्ति छ, तर यो दिगो हुने छैन । भावानुवाद