site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बसे जेल सजाय 

काठमाडौं । अमेरिकामा ३० दिनभन्दा बढी समय बसोबास गर्ने विदेशी नागरिकले ‘एलियन रजिस्ट्रेसन एक्ट’ अन्तर्गत दर्ता गर्नुपर्छ । अन्यथा उनीहरूलाई जेल सजाय हुनेछ । 

“अप्रिल ११ एलियन रजिस्ट्रेसन एक्ट अन्तर्गत दर्ता गर्ने अन्तिम मिति थियो । अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकले संघीय सरकारमा दर्ता गर्नुपर्छ,” प्रेस सचिव कैरोलाइन लैवेटले शुक्रबार भनिन् । उनका अनुसार यो ऐन पालना नगर्नेलाई जरिवाना, जेल वा दुवै सजाय हुनेछ । 

क्यारोलिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उदृत गर्दै भनिन्, “राष्ट्रपति ट्रम्प र गृहसुरक्षा सचिव क्रिस्टी नोएम दुवैले भनेझैँ यदि तपाईंले दर्ता गर्नुभएन भने पक्राउ गरेर जरिवाना गरिनेछ । देश निकाला गरिनेछ र कहिल्यै हाम्रो देश फर्कन सक्नुहुने छैन ।” 

यसैबीच, अमेरिकी गृहसुरक्षा विभागले अप्रिल ११ मा जारी गरेको प्रेस विज्ञप्तिमा विदेशी नागरिकलाई पनि यस ऐनअन्तर्गत दर्ता गर्न भनिएको थियो ।

गैरकानुनी रूपमा प्रवेश गर्नेहरूलाई राष्ट्रपति ट्रम्पले अमेरिका छोड्न भनेका छन् ।  

अप्रिल ११, २०२५ पछि अमेरिका पुग्ने विदेशी नागरिकलाई उनीहरूको आगमनको ३० दिनभित्र दर्ता गर्न भनिएको छ । बीबीसी

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro