site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आईपीओ जारी गर्दै गोदावरी स्टिल

काठमाडौं । गोदावरी स्टिल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । उद्योगको हालै बसेको सञ्चालक समिति बैठकबाट आईपीओ निष्कासन गर्ने निर्णय गरिएको हो ।

आईपीओ निष्कासन गर्न आउँदो वैशाख २६ गते गोदावरी स्टिलको साधारणसभा बोलाइएको छ । साधारणसभाबाट पारित भएपछि कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढाइनेछ ।

कम्पनीको चुक्ता पुँजी बढाउने र आईपीओको मूल्य निर्धारण तथा निष्कासनबाट प्राप्त हुने रकम उपयोग गर्ने प्रस्ताव सभामा पेस गरिने गोदावरीले जनाएको छ ।

संघीय संसद्को सार्वजनिक लेखा समितिले नेटवर्थ ९० रुपैयाँभन्दा कम मूल्य भएका कम्पनीलाई सेयर निष्कासन गर्न स्वीकृति नदिन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । विशेष गरी प्रिमियम र बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने प्रक्रिया हाल रोकिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro