site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्प प्रशासन भन्छ– भुलवश एल साल्भाडोरको जेल पठाइएका नागरिक जीवित छन् 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भुलवश एल साल्भाडोरको जेल पठाइएको मेरिल्यान्डका एक अमेरिकी नागरिक किल्मार एब्रेगो गार्सिया जीवित रहेको बताएको छ । 

विदेश मन्त्रालयका एक उच्च अधिकारी माइकल कोजाकलाई उदृत गर्दै समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएअनुसार उनी एल साल्भाडोर सरकारको नियन्त्रणमा रहेको एक आतंकवादविरोधी कुख्यात कारागारमा कैद छन् ।

विदेश मन्त्रालयका अधिकारीले उक्त जानकारी समेटिएको दुई पृष्ठको लिखित कागजात त्यहाँको सर्वोच्च अदालतमा पेस गरेको बताइएको छ । यसअघि अदालतले भुलवश एल साल्भाडोर पठाइएको गार्सियालाई अमेरिका फिर्ता ल्याउन आदेश दिएको थियो ।

एक दिनअघि ट्रम्पले यदि अदालतले गार्सियालाई फर्काउनु भनेको छ भने त्यसको पालना गर्दै उनले अमेरिका फर्काउन निर्देशन गर्ने बताएका थिए । 

भुलवश मेरिल्यान्डका नागरिक गार्सियालाई एल साल्भाडोर पुर्‍याएपछि सरकार कानुनी झमेलामा परेको थियो । अदालतले पटकपटक गार्सियालाई देश फर्काउन भने पनि ट्रम्प प्रशासन अटेर गरेर बसेको थियो ।

सर्वोच्च अदालतले गार्सियाको बसोबास स्थान र उनलाई फर्काउन गरिएका प्रयासबारे जानकारी उपलब्ध गराउन समयसीमा तोकेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ०७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro