site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अर्धसैनिक समूहद्वारा सुडानको डारफोरमा १०० जनाको हत्या

काठमाडौं । सुडानको उत्तर डारफोरमा अर्धसैनिक समूहले गरेको आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको छ ।  

उत्तर डारफोर राज्यको राजधानी एल फासरमा अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले भोकमारीको चपेटामा परेर विस्थापित भएका व्यक्तिहरूको शिविरमा आक्रमण गर्दा एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

मृत्यु हुनेमा २० बालबालिका र नौजना सहयोगी कर्मचारी पनि रहेको अलजजिराले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका अधिकारी क्लेमेन्टाइन एनक्वेटा–सलामीले शनिबार विज्ञप्ति जारी गर्दै उत्तर डारफेर प्रदेशको राजधानी एल–फासर सहरनजिकै रहेका जमजम र अबु शोरूक शिविरमा आरएसएफ र यसका सहयोगी सशस्त्र समूहहरूले आक्रमण गरेका थिए । शुक्रबार र शनिबार आक्रमण भएको र जमजम शिविरमा स्वास्थ्य चौकी संचालन गर्दै गरेका नौजना सहयोगी कर्मचारीहरू मारिएको ती अधिकारले बताइन् । 

घटना उक्त समूहले आत्मघाती मानवरहित यन्त्र (ड्रोन)मार्फत आक्रमण गरेको थियो । संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार जमजम र अबु शूक शिविरहरूमा डारफोरमा पहिले भएका द्वन्द्वहरूबाट विस्थापित भएका सात लाखभन्दा बढी बसोबास गरिरहेका छन् । यस घटनाले सो क्षेत्रमा मानवीय संकट झन् गहिरिएको बताइएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ०८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro