site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बार्सिलोनाको जितमा आत्मघाती गोल निर्णायक, शीर्ष स्थानमा सात अंकको अग्रता

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको बार्सिलोनाले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ । शनिबार राति लेगानेसविरुद्ध उसैको मैदानमा १–० को कठिन जित निकाल्दै क्याटालन जायन्ट बार्सिलोनाले सात अंकको अग्रता बनाएको हो ।

लेगानेसको रक्षापंक्ति तोड्न कठिन संघर्ष गरेको बार्सिलोनाले ४८औँ मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो । लेगानेसकै जर्ज साइन्जबाट भएको आत्माघाती गोल निर्णायक बनेपछि बार्सिलोनले तीन अंक पक्का गरेको हो ।

जितसँगै शीर्ष स्थानको बार्सिलोनाले ३१ खेलबाट ७० अंक जोडेको छ । ला लिगामा बार्सिलोनाको यो २२औँ जित हो । बार्सिलोनाभन्दा एक खेल कम खेलेको रियाल ३० खेलबाट ६३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । २८ अंकको लेगानेस भने रेलिगेसन क्षेत्रमा संघर्षरत छ ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro