site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कुलमानलाई हटाएपछि गगनले भने– निर्णय गलत छ, उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयको विरोध गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, "मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो तर बिडम्बना त्यो भएन । निर्णय गलत छ सरकार उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन ।"

उनले सरकार आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको आरोप लगाएका छन् । "आमनागरिकमा असन्तुष्टि बढ्दो छ । त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ । यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने, सरकार चाहिँ आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?," उनले प्रश्न गरे ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने भन्दै प्रश्न गरेका छन् ।

 

 

 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २२:३८
प्रतिक्रिया दिनुहोस्