
काठमाडौं । ‘एनसेल फर बिजनेस’ बाह्रखरी कर्पोरेट गल्फको यस वर्ष पनि प्रमुख प्रायोजक रहने भएको छ ।
बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य र एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनबीच सोमबार बिहान एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
एनसेल कर्पोरेट कार्यालयमा भएको हस्ताक्षर समारोहमा बाह्रखरी मिडिया र एनसेलका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । एनसेल विगत ६ वर्षदेखि बाह्रखरी मिडियाले आयोजना गर्दै आइरहेको गल्फ प्रतियोगिताको ‘टाइटल स्पोन्सर’ रहँदै आएको छ ।
एनसेलको साथपछि बाह्रखरी मिडियाले आयोजना गर्ने उक्त कार्यक्रमको नाम ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ रहने भएको छ ।
कार्यक्रम चैत २३ अर्थात् अप्रिल ५ का दिनमा काठमाडौंको गोकर्णमा हुने भएको छ । कार्यक्रमका सम्बन्धमा थप जानकारी दिनका लागि सोमबार अपराह्न पत्रकार सम्मेलनको आयोजना पनि गरिएको छ ।