site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
नेपाललाई आईटी र एआई ‘ट्यालेन्ट हब’ बनाउन सक्छौँ

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा सूचना प्रविधिको नीति राम्रो छ । तर, यसको कार्यान्वयन पक्ष निकै कमजोर छ । ‘डिजिटल नेपाल फ्रेमवर्क’को मुख्य कुरा भनेको नेपालको आईटी क्षेत्र र स्टार्टअपको विकास गर्ने हो । आईटी क्षेत्रको विकासको लागि नेपालको स्थानीय बजार उपभोग गर्नुपर्छ ।

सरकारले डिजिटलाइजमा काम गरिरहेको छ । यसमा सरकारको काम सुस्त देखिन्छ, यसलाई अझै चाँडो गर्नुपर्छ । किनभने सरकारले नै यसमा काम गर्‍यो भने विकास चाँडो हुन्छ । सरकारले डिजिटल माध्यममा दिने सेवाहरूकै कुरा गर्दा पनि त्यो देखिन्छ ।

सरकारले आफ्ना तथ्यांकहरू पूर्ण डिजिटलाइज गर्नुपर्‍यो । किन यसमा हाम्रो कमजोरी भइरहेको छ ? सरकारमा त्यससम्बन्धी विज्ञ नभएको हो कि ? डिजिटल नेपाललाई चाँडोभन्दा चाँडो गर्नेको लागि एउटा विज्ञ टिमको आवश्यकता छ । हाम्रो नीति, निर्णयहरू हामी कसरी कार्यान्वयन गछौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । नीति कार्यान्वयनमा हाम्रो कमजोरी अवश्य छ ।

हामीले ‘आउट सोर्सिङ’ र ‘फ्रिल्यान्सिङ’को कुरा गर्दै गर्दा सबैभन्दा पहिला आईटी वस्तु तथा सेवा निर्यात गर्दा जुन आम्दानी भइरहेको छ । त्यसलाई पाँच गुणा बढाउने हो भने हामीले दक्षता बढाउनुपर्छ । यो कसरी गर्ने भन्ने प्रश्न महत्तवपूर्ण कुरा हो । यसको लागि एउटा ‘मेन्टरिङ स्कुल’ बनाउन आवश्यक छ ।एआई र आईटीको ‘इको सिस्टम’मा कुरा गर्दा हामीले नेपाललाई आईटी र एआई ट्यालेन्ट हब बनाउन सक्छौँ ।

नेपालमा स्टार्टअपको लागि लगानीको समस्या रहेको पाएँ । नेपालको लगानीको वातावरण सुधार हुन आवश्यक छ । प्रत्यक्ष वैदेशिक लगानीको कुरामा हाल राम्रो आएको छ । हामीलाई चाहिने नीति आएको छ । तर, समस्या हाम्रो कार्यान्वयनमा देखिन्छ । काम हुनको लागि महिनौ लाग्ने र काम नहुने समस्या छ । डेटा सेन्टर, क्लाउड, तथा जीपीयू पूर्वाधार सुधार गर्नुपर्छ । आईटी पार्कको कुरा भइरहेको छ । यसको फाइदा भनेको पावर सप्लाई निरन्तर, नेटवर्किङ इफेक्ट हुँदा यसमा काम गर्ने मानिसलाई सजिलो हुन्छ ।

हाल नेपालमा आईटीको चारवर्षे अध्ययन पूर्ण छैन । किनभने चार वर्ष उसले पढेर आउँछ । तर, ‘पाइथन प्रोग्रामिङ’ गर्न सक्दैन । यसमा स्टार्टअप कम्पनीले पुनः ६ महिनाको तालिम दिनुपर्ने हुन्छ ।

पाइथन मात्रै सिक्छ भने त्यसको तालिम एकै वर्षमा दिन सकिन्छ । उदाहरणको लागि हामीले एक वर्ष पाइथन पढायो अनि इन्ड्रष्ट्रीमा आएर काम गर्‍यो । अनि बाँकी पढ्नको लागि विश्वविद्यालय जाओस् । त्यसकारण हाम्रो आईटी कोर्ष परिवर्तन गर्नुपर्छ ।  

सानो कुरा सिक्नको लागि किन चार वर्ष खर्च गर्ने ? त्यसकारण यसलाई बदल्नपर्छ भन्ने मलाई लाग्छ । साथै, आईटी र एआई इकोसिस्टम तयार गर्ने हो भने हामीलाई आईआईटी, एमआईटी, रिसर्च विश्वविद्यालयहरू आवश्यक छन् । हामीसँग अनुसन्धान गर्ने विश्वविद्यालय पनि छैन । हामीले त्यस्तो ट्यालेन्ट खोजेका पनि छैनौँ । जसले पहिलो दिन देखि नै अपडेट निकाल्न सक्छ ।

स्टार्टअप इकोसिस्टमको कुरा गर्दा डेटा सेन्टर पूर्वाधार प्रमुख भयो । एआई सबैतिर प्रयोग भइरहेको छ । यो कुरा सबैलाई थाहा नै छ । तर, हामीलाई लोकलाइज एआई चाहिएको छ । नेपालको कुरा बुझ्ने, नेपाली भाषा बुझ्ने, नेपालको आर्थिक अवस्था बुझ्ने ‘लार्ज ल्याङ्ग्वेज मोडल’ चाहिन्छ । यस्तो कुरामा अब लगानी गर्नुपर्छ ।

अर्को भनेको यहाँको स्टार्टअपलाई विश्व बजारमा कसरी लैजाने, त्यसको बारेमा अनुसन्धान हुनुपर्छ । हामीले एआई प्रोडक्ट बनायौँ भने नेपाली बजार मात्रै पर्याप्त हुँदैन । हाम्रोमा ‘एक्सेस टु ग्लोबल मार्केट’ कम छ ।  

त्यसलाई सम्बोधन गर्न नेपाली डायस्पोरा चाहिन्छ । अर्को लगानीको लागि भेन्चर क्यापिटलको कुरा छ । हाम्रोमा भेन्चर क्यापिटल चाँडो लगानी प्रतिफल माग्ने देखिन्छ । एआईको लागि त्यो हुनसक्दैन । त्यसकारण यो माइन्डसेट परिवर्तन गर्नुपर्छ ।

(कांग्रेस महामन्त्री गगन थापाले शनिबार बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा प्रस्तुत गरेको कार्यपत्रमा मानन्धरले गरेको टिप्पणीको सम्पादित अंश)

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro