-1742184417.jpg)
काठमाडौं । विद्युतीय गाडी बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमको प्रमुख साझेदार रहने भएको छ ।
अघिल्लो वर्ष पनि यस कार्यक्रमलाई बीवाईडीको साथ रहेको थियो । बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य र साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर समारोहमा आचार्यले अघिल्लो वर्षमा जस्तै यसवर्ष पनि बीवाईडीको साथ रहेको बताउँदै आगामी दिनमा सहकार्य गरेर अघि बढ्न सकिने धारणा राखेका थिए ।
कार्यक्रममा बीवाईडीका आधिकारिक बिक्रेता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बाह्रखरी मिडियाले आयोजना गर्दै आइरहेको कर्पोरेट गल्फ प्रतियोगिताले मुलुकको आर्थिक समृद्धिमा सहयोग पुर्याएको उल्लेख गर्दै त्यसमा जोडिन पाउँदा आफू र आफ्नो कम्पनीलाई पनि खुसी लागेको बताएकी थिइन् ।
बीवाईडी नेपालमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारीसाधन हो ।