site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भगवती क्लबको सुखद सुरुआत

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लब टोखाले अन्नपूर्ण आरसिटी क्लबविरुद्ध ३–१ को जित निकाल्दै सुखद सुरुआत गरेको छ ।

मंगलबार एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा भगवतीलाई जित दिलाउन विक्रान्त नरसिंह राणा र विशाल विक्रम सिलवालले गोल गरे । भगवतीले एक गोल भने आत्मघाती उपहार पाएको थियो ।

आरसीटीका निखिल तामाङले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता बनाए पनि आरसीटीले त्यसलाई जोगाउन सकेन । ३६औँ मिनेटमा निखिल तामाङले गोल गर्दै आरसीटीलाई अग्रता दिलाएका थिए । तर, ५४औँ मिनेटमा टोखाका विक्रान्त नरसिंह राणाले बराबरी गोल फर्काए ।

७७औँ मिनेटमा आरसीटीका अमर श्रेष्ठले आत्मघाती गोल गरेपछि टोखाले अग्रतालाई २–१ मा पुर्‍याएका थिए । खेलको अन्तिम मिनेटमा विशालले गोल गरेपछि टोखाले ३–१ के जित पक्का गरेको हो ।

यसअघि आजै भएको पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र श्री टुसाल युथ क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro