site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सयभन्दा बढी यात्रुको उद्धार, धेरैलाई विद्रोहीले बनाए बन्धक, १६ अतिवादी मारिए
Tiktok banner adTiktok banner ad

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र विद्रोहीहरूले यात्रुवाहक रेलमा आक्रमण गरी यात्रुहरूलाई बन्धक बनाएका छन् ।

पृथकतावादी समूह बलुच लिबरेशन आर्मी (बीएलए)ले आक्रमणको जिम्मेवारी लिएको छ । आक्रमण क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा भएको थियो ।

बीबीसी उर्दूका अनुसार पाकिस्तानी सैन्य स्रोतहरूले जाफर एक्सप्रेस आक्रमणपछि अहिलेसम्म १०४ यात्रुलाई उद्धार गरिएको दाबी गरेका छन् । कारबाहीमा १६ अतिवादी मारिएका छन् ।

जाफर एक्सप्रेसका ८० यात्रु मच्छ रेलवे स्टेसन पुगेका छन्, जहाँ उनीहरूलाई प्राथमिक उपचार गरिएको छ ।

रेलवे अधिकारीहरूका अनुसार रेलमा नौवटा कोच थिए । चार सयभन्दा बढी यात्रु यात्रा गरिरहेका थिए ।

पाकिस्तानका गृह राज्यमन्त्री तलाल चौधरीले जाफर एक्सप्रेसका धेरै यात्रुलाई अतिवादीहरूले रेलबाट ओरालेर पहाडी क्षेत्रमा लगेको बताएका छन् । बीबीसी 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ०७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro