site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामाजिक अभियन्ता उत्तम कार्कीद्वारा आत्मदाहको प्रयास

काठमाडौं । सामाजिक अभियन्ता उत्तम कार्कीले आत्मदाहको प्रयास गरेका छन् । चन्द्रागिरि नगरपालिकास्थित आफ्नौ घरमा मंगलबार शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् । 

अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भइरहेको छ । विभिन्न व्यक्तिलाई आरोप लगाउँदै उनले आत्मदाहको प्रयास गरेका हुन् । 

समाज र प्रशासनले आफूमाथि भएको अन्याय कहिले नदेखेको उनले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले प्रहरी अधिकारीको पनि नाम लिएका छन् । 

आफू अन्यायमा पर्दा पनि प्रहरीले समेत साथ नदिएको कार्कीको आरोप छ । उनले भिडियो पनि बनाएको पाइएको छ । आफूले १२ पटक मुद्दा दर्ता भएको उनको भनाइ छ । 

१८ दिन हिरासतमा आफू बसेको कार्कीले बताएका छन् । उनले नाम उल्लेख गर्दै स्थानीय एक युवतीले मानसिक तनाव दिएको आरोप लगाएका छन् । उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिग्रिएको बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ०८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro