site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ यू–१९ च्याम्पियनसिप : नेपाल र भारत एउटै समूहमा

काठमाडौं । नेपाल साफ यू–१९ च्याम्पियनसिपमा घरेलु टोली भारत रहेको समूह ‘बी’ मा परेको छ । आगामी मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चल प्रदेशमा तेस्रो संस्करणको साफ यू–१९ च्याम्पियनसिप हुँदैछ ।

सोही च्याम्पियनसिपका लागि मंगलबार काठमाडौंमा भएको ड्रमा नेपाल आयोजक भारतको समूहमा ‘बी’ मा परेको हो । यस साफमा आयोजक भारतसहित नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्दै छन् । नेपालको समूहमा श्रीलंका छन् ।

अर्को समूह ‘ए’ मा बंगलादेश, भुटान र माल्दिभ्स छन् । सन् २०२३ मा नेपालमा नै भएको साफ यू–१९ च्याम्पियनसिपमा भारतले पाकिस्तानलाई हराउँदै उपाधि उचालेको थियो ।

सन् २०२४ मा भने यू–२० साफ च्याम्पियनसिप भएको थियो । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने समीकरण छ । लिगकम नकआउटका आधारमा हुने यस साफमा कुल ९ खेल हुनेछन् । खेलहरू आरुणाञ्चल प्रदेशको युपियास्थित गोल्डन जुब्ली स्टेडियममा हुनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  २०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro