काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन् ।
जारी बैठकमा उनले सम्बोधन थालेका हुन् । तर उनको सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अधिकांश मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरु हलमा अनुपस्थित छन् । तर कांग्रेस महामन्त्री गगन थापा भने संसद्मा उपस्थित भएका छन् ।
विपक्षी दलका नेताको सम्बोधनका क्रममा प्रधानमन्त्रीसहित सत्तापक्षका शीर्ष नेताको उपस्थिति अनिवार्यजस्तै मानिए पनि यसअघिको सम्बोधनमा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए ।
दाहालले ८ महिनाअघिको भन्दा अहिलेको अवस्था निकै फरक रहेको बताएका छन् ।
उनले आन्दोलनबाहेक अरु विकल्प अहिले नभएको बताउँदै आज सडकमै ओर्लिएर राजतन्त्र पुनःस्थापनाको चुनौती दिन थालेको बताएका छन् । उनले राजावादीका पछि संगठित प्रयास भएको र त्यसमा देशभित्र र बाहिरका चलखेल रहेको बताए ।
“नेपालमा यस्ता चलखेल आजमात्रै होइन, हिजो पनि थिए, अस्ति पनि थिए, तर आज किन बढ्यो त ?,” उनको प्रश्न छ ।