
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र प्रचण्ड र व्यक्तिका रुपमा ज्ञानेन्द्र शाहको बराबर रहेको हुँदा त्यसलाई गलत ढंगले प्रयोग नगर्न चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“लोकतन्त्र जति प्रचण्डको हो त्यति व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो । यो कुरालाई कमजोरी नठानियोस्,” उनले भने, “लोकतन्त्रका मूल्य र मान्यतालाई निरन्तर उपेक्षा गरिरहनुभएको छ ।”
उनले राजावादी साथीहरु सडक र सदनमा पनि भएको हुँदा सरकारको कुशासनले पनि जनता सडकमा उत्रिन बाध्य भएको बताए ।
“प्रतिपक्ष दलको नेता रोष्ट्रममा उभिँदा प्रधानमन्त्रीको घमण्ड हो कि संस्कारहिनता हो कि कुन्ठा हो त्यसको जवाफ आफैँ खोज्नुहोला आत्मालोचना गर्नुहोस्,” उनले भने ।