site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

वाग्मती । मकवानपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत बकैया गाउँपालिका–४ स्थित जुरेलीबजार नजिक आज बिहान अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय रूपक दियालीको मृत्यु भएको हो ।

हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा४०प ५३०६ नम्बरको मोटरसाइकल  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका दियालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ०९:१६
प्रतिक्रिया दिनुहोस्